Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘रिमै’को मर्मस्पर्शी गीत ‘छुटिसकेको’ सार्वजनिक

फिल्मीखबर, काठमाडौं, 2025/09/02

Dayahang Rai, Rishma Gurung

 

यही शुक्रबार (२० भदौ)देखि प्रदर्शनमा आउन लागेको फिल्म ‘रिमै’को दोस्रो गीत ‘छुटिसकेको’ सार्वजनिक गरिएको छ । पछिल्लो समय ‘रात किन हुन्छ हजुर’ गीतका कारण चर्चामा रहेका गायक थानेश्वर गौतमको स्वरमा रहेको यो मर्मस्पर्शी गीतमा कवि श्रवण मुकारुङको शब्द रचना तथा नारायण दंगलको एरेञ्ज छ । गीतमा शारदा रसाइलीको पनि स्वर सुन्न सकिन्छ ।

फिल्मका केही चल-अचल दृश्यहरू समेटिएको गीतको भिडियोमा अभिनेता दयाहाङ राई र अभिनेत्री रिश्मा गुरुङ प्रस्तुत भएका छन् । भिडियोले दयाहाङको प्रेमभाव र रिश्माको पीडालाई उजागर गरेको छ । निर्देशक खिल बहादुर गुरुङका अनुसार फिल्ममा यो गीत कथावाचनकै हिस्साको रूपमा रहेको छ ।

गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्म्स र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको यो फिल्ममा दयाहाङ र रिश्मासहित अर्पण थापा, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिवी गुरुङ, बाल कलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ, प्रश्ना राना मगर लगायतको अभिनय रहेको छ ।

कवि तथा निर्देशक उपेन्द्र सुब्बाको पटकथा लेखन रहेको फिल्मलाई शैलेन्द्र ध्वज कार्कीले खिचेका हुन् । वीरवल घले कार्यकारी निर्माता रहेको फिल्ममा टीका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्माता तथा बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह–निर्मातामा छन् । फिल्मले गुरुङ समुदायको संस्कृतिलाई मुख्य विषयवस्तु बनाएर त्रिकोणात्मक प्रेमकथा प्रस्तुत गरेको छ ।