राजेन्द्र बस्नेतको निर्देशनमा बनेको फिल्म ‘प्रेम गीता’को टिजर सार्वजनिक गरिएको छ । १ मिनेट ११ सेकेन्ड लम्बाइको टिजरले फिल्मको कथावस्तुबारे केही झलक दिएको छ । फिल्म प्रेम, विछोड र सम्बन्धमा आउने जटिलतामा आधारित रहेको देखिन्छ ।
एक्सन दृश्यहरू समेत समेटिएको टिजरमा फिल्मका मुख्य कलाकारहरू जाहन्वी बस्नेत, साजिद खान, सुशील पोखरेल लगायत देखिएका छन् । निर्माण पक्षले टिजरसँगै आगामी माघ २३ गतेलाई फिल्मको प्रदर्शन मिति पनि घोषणा गरेको छ ।
ग्रीन प्यारोटस् फिल्म प्रोडक्सन अन्तर्गत निर्माण भएको यो फिल्ममा आशा पौडेल, अर्जुन गुरुङ (भँगेरी डन), मनिल तामाङ, खुश्बु पाण्डे, माधव केसी, मानसी शर्मा, दिप्सन लिम्बू, मौसम खड्का, ममता माझी लगायतको पनि अभिनय रहेको छ ।
फिल्मको प्रस्तुतकर्ता अर्नभ बस्नेत र निर्माता एस.ए शाह हुन् । यसमा सिताराम ढुंगेलको कथा, मौनता श्रेष्ठको पटकथा तथा संवाद, रामेश्वर हुँमागाईको छायांकन, उमेश थापा मगरको सम्पादन, दिप्सन लिम्बूको संगीत, प्रमोद परियारको ब्याकग्राउन्ड स्कोर, राजु किराँतको द्वन्द्व निर्देशन र कमल राईको कोरियोग्राफी रहेको छ ।

