Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 1.00/5.00)
Text size:-
+
-

‘झरीपछिको इन्द्रेणी’बाट नेवारी स्टार रोजमानको पार्श्व गायनमा डेब्यु

फिल्मीखबर, काठमाडौं, 2025/09/01

rose man maharjan

 

चर्चित नेवारी गायक तथा संगीतकार रोजमान महर्जनले फिल्म ‘झरीपछिको इन्द्रेणी’बाट पार्श्व गायनमा डेब्यु गरेका छन् । उनले यो फिल्मको ‘धन्य धन्य लोकेश्वर’ बोलको गीतमा स्वर दिएका हुन् । यसै साता काठमाडौंको सुर मेलोडी रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड गरिएको गीतमा उनलाई नेवारी गायिका रत्न शोभा महर्जनले गायनमा साथ दिएकी छन् ।

रोजमानले गाएका नेवारी गीतहरू ‘मखं त्वाः याग्वाः’, ‘माया मदुला’, ‘ऐला लुवया’, ‘सालगु गाचा’ निकै चर्चित छन् । रत्नाले पनि ‘जिगु लें’, ‘का नु वने मिजिथाय् मैँचा’, ‘लिक्का वय जिता ढला वह’ लगायत तीन दर्जनभन्दा बढी नेवारी गीत गाइसकेकी छन् । पहिलो पटक नेपाली फिल्मको गीत गाउन पाएकोमा उनीहरूले खुसी व्यक्त गरेका छन् ।

‘धन्य धन्य लोकेश्वर’ गीतको संगीत संयोजन सुरेन्द्र श्रेष्ठले गरेका छन् । बाँसुरीमा रुविन श्रेष्ठ, खिन/मादलमा लक्ष्मी डंगोल, सितारमा राजीव श्रेष्ठ, र गितारमा सुरेन्द्र श्रेष्ठको प्रस्तुति रहेको छ । यो गीतले नेपाली मौलिक बाजा, भक्ति भावना र सांस्कृतिक सम्पदाको संरक्षण गर्दै फिल्ममा भावनात्मक गहिराइ थपेको निर्देशक अर्जुन घिमिरे (पाँडे)ले बताएका छन् ।

एक महिनादेखि काठमाडौं आसपासमा छायांकन भइरहेको फिल्ममा एउटा गीत काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पनि गाएका छन् । यो फिल्ममा निर्देशक घिमिरेसहित गणेश उप्रेती, दीपाश्री निरौला, रमेश उप्रेती, निर्मल शर्मा, प्रियाना आचार्य (मुन्नी) लगायतको अभिनय रहेको छ । गणेशले यही फिल्मबाट ९ वर्षपछि पुनरागमन गरेका हुन् ।