Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘हरिबहादुरको जुत्ता’को ‘ढाका टोपी शिरैमा’ गीत सार्वजनिक

फिल्मीखबर, काठमाडौं, 2025/09/01

HARI BAMSHA ACHARYA, SWASTIMA KHADKA, PRAKASH SAPUT

 

यसपालिको दशैंको फूलपातीबाट प्रदर्शन हुन लागेको फिल्म ‘हरिबहादुरको जुत्ता’को दोस्रो गीत ‘ढाका टोपी शिरैमा’ युट्युबमा सार्वजनिक भएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजनापछि सार्वजनिक गरिएको उक्त गीतमा आशिष अविरल र मेलिना राईको स्वर, दानबहादुर कार्कीको शब्द र दीपक शर्माको संगीत छ । गीत लोक लयमा आधारित छ ।

किरण थापाको कोरियोग्राफी रहेको गीतको भिडियोमा फिल्मका मुख्य जोडी प्रकाश सपूत र स्वस्तिमा खड्काले आकर्षक नृत्य प्रस्तुत गरेका छन् । भिडियोका केही दृश्यमा कलाकार हरिवंश आचार्यलाई पनि देख्न सकिन्छ । माया–प्रेम र नोकझोंकको वरिपरि घुमेको गीतको भिडियोमा प्रकाश र स्वस्तिमाको पात्रबीच आकर्षण र असहमतिको द्वन्द्व देखिन्छ ।

दीपेन्द्र के. खनालको निर्देशनमा बनेको फिल्ममा हरिवंश, प्रकाश र स्वस्तिमासहित प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, कमलमणि नेपाल लगायतको अभिनय रहेको छ । फिल्ममा हरिवंशले आफ्नो चर्चित पात्र हरिबहादुरको भूमिका निभाएका छन् । चोरको छवि बनाएको यो पात्रको भावनात्मक पाटो फिल्ममा देखाइएको उनले बताए । 

सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेको यो फिल्ममा कृष्ण बहादुर थापाको छायांकन र नहकुल खड्काको सम्पादन रहेको छ । फिल्मको यसअघि सार्वजनिक ‘बेला बितेसी’ दर्शकमाझ लोकप्रिय बनिरहेको छ । युट्युबमा यो गीतलाई २० लाखभन्दा बढी पटक हेरिएको छ भने २ लाख बढी टिकटक भिडियो बनेका छन् ।