Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘हर्ष’को पोस्टरमा पारिवारिक कथाको झल्को

फिल्मीखबर, काठमाडौं, 2025/09/01

harsha movie

 

अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा राउतको मुख्य भूमिका रहेको फिल्म ‘हर्ष’को प्रचार अभियान सुरू भएको छ । पहिलो चरणको प्रचारअन्तर्गत दुई नयाँ पोस्टर सार्वजनिक गरिएको छ, जसले फिल्म पारिवारिक कथावस्तुमा आधारित रहेको संकेत गर्छ । पोस्टरमा प्रमुख कलाकारहरूको रोचक उपस्थितिले दर्शकको ध्यान तानेको छ ।

दुई पोस्टरमध्ये पहिलोमा खगेन्द्र र वर्षासँगै शर्मिला मल्ललाई खुसी मुद्रामा देख्न सकिन्छ भने कलाकार सन्तोष पन्त असन्तुष्ट भावमा प्रस्तुत भएका छन् । दोस्रो पोस्टरमा गीतको सम्भावित दृश्य समेटिएको छ, जहाँ खगेन्द्र, वर्षा र सन्तोषसहित विशाल पहारी, लुनिभा तुलाधर, माओत्से गुरुङ र अंशु महर्जन नाचिरहेका देखिन्छन् । नीर शाह भने गम्भीर भावमा प्रस्तुत छन् ।

आगामी मंसिर १२ गते प्रदर्शनमा आउन लागेको ‘हर्ष’को निर्देशन एकता पौडेलले गरेकी हुन् । उनी दिवंगत निर्देशक शिव रेग्मीकी भान्जी हुन् । यसअघि उनले फिल्मको टाइटल भिडियो मामालाई स्मरण गर्दै सार्वजनिक गरेकी थिइन् । उनले न्यूयोर्क फिल्म एकेडेमीमा फिल्म मेकिङको अध्ययन तथा आमसंचारमा स्नातक गरेकी छन् ।

निमा पाण्डे, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन, संगीता नापित लगायतको पनि अभिनय रहेको यो फिल्ममा निर्देशक पौडेल स्वयंको कथा छ भने आलोक शुक्लाको छायांकन, लोकेश बज्राचार्यको सम्पादन तथा सुनिल क्षेत्री र एकता पौडेलको कोरियोग्राफी रहेको छ । फिल्मका निर्माता प्रशन्न पौडेल र विकास पौडेल हुन् । कार्यकारी निर्मातामा हिक्मत चोखल रहेका छन् ।