Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अमेरिकाको एएमसी चेनमा प्रदर्शन हुने पहिलो नेपाली फिल्म बन्दै ‘बलिदान’

फिल्मीखबर, काठमाडौं, 2025/09/01

BALIDAN-Nepali-Movie-in-AMC-USA

 

यसपालिको दशैंको फूलपातीका दिन प्रदर्शन हुन लागेको फिल्म ‘बलिदान’ले अन्तर्राष्ट्रिय बजारमा ऐतिहासिक उपलब्धि सुनिश्चित गरेको छ । अभिनेता समीर भट्टको मुख्य भूमिका रहेको यो फिल्म अमेरिकाको सबैभन्दा ठूलो मल्टी-सिनेमा चेन एएमसीमा प्रदर्शन हुन लागेको हो । यो चेनमा प्रदर्शन हुने ‘बलिदान’ पहिलो नेपाली फिल्म हुनेछ । 

एएमसी मात्र नभइ सिनेमार्क, मार्कस र रेगल जस्ता अन्य प्रतिष्ठित अमेरिकी मल्टिप्लेक्स चेनहरूले पनि फिल्मलाई प्रदर्शन गर्ने तयारी गरेको निर्देशक सन्तोष सेनले जानकारी दिए । उनका अनुसार फिल्मलाई अमेरिकाभरका २०० भन्दा बढी हलमा एक हजार बढी शोसहित प्रदर्शन गरिनेछ । 

‘बलिदान’मा समीरसहित सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरी, सन्तोष सेन, कामेश्वर चौरासिया, प्रजल दुलाल लगायतको अभिनय रहेको छ । यसअघि सार्वजनिक टिजरले फिल्मप्रति दर्शकमाझ व्यापक उत्साह जगाएकाले बक्स अफिसमा ठूलो सफलताको सम्भावना देखिन्छ । 

आशुसेन फिल्म्सको प्रस्तुतिमा बनेको फिल्मलाई पवन ब्राडफोर्ड बिस्टले निर्माण गरेका हुन् भने कार्यकारी निर्मातामा प्रेम पुरी छन् । यसमा दर्शन जीको लेखन, महेश पौडेलको डीओपी, सुजन चापागाईँको संगीत तथा स्टन्डर साम र श्री श्रेष्ठको द्वन्द्व निर्देशन छ ।