Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फिल्म ‘स्वाहा’ बन्ने, लगानी चार करोड

फिल्मीखबर, काठमाडौं, 2025/08/29

Swaha

 

गत असारमा प्रदर्शन भएको फिल्म ‘यो मन त मेरो नेपाली हो’को समूहले नयाँ फिल्मको घोषणा गरेको छ । बिहीबार बालाजुस्थित अष्टनारायण हलमा आयोजित एक कार्यक्रमका बीच एआई जेनरेटेड पोस्टर सार्वजनिक गर्दै फिल्म ‘स्वाहा’ निर्माणको घोषणा गरिएको हो । यो नामको अर्थ विनाश वा सर्वनाश भन्ने हुन्छ ।

‘यो मन त मेरो नेपाली हो’कै निर्देशक नर प्रधान (मित्र)को निर्देशनमा बन्ने फिल्ममा रोशन श्रेष्ठको मुख्य भूमिका रहनेछ । पोस्टरमा उनी धनुष लिएर घोडामा सवार देखिन्छन् । यसले फिल्ममा रोशन योद्धाको भूमिकामा देखिने संकेत गर्छ । फिल्मका अन्य कलाकारबारे भने जानकारी गराइएको छैन ।

शिवम् अधिकारीको स्क्रिप्ट लेखन रहेको यो फिल्म हिमाली भेगको कथामा निर्माण हुने निर्देशक प्रधानले बताए । उनका अनुसार फिल्मको लागत ४ करोड अनुमान गरिएको छ । पद्मा इश्वर इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने फिल्ममा रोशन श्रेष्ठको लगानी रहनेछ ।

‘स्वाहा’को घोषणा कार्यक्रममा ‘यो मन त मेरो नेपाली हो’ले प्रदर्शनको ५१ दिन मनाएको खुसीयालीमा निर्माण पक्षले केक काट्दै फिल्मका कलाकार र प्राविधिकलाई मायाको चिनो पनि प्रदान गरेको थियो । फिल्मले अष्टनारायण हलमा ५१ दिन मनाएको जनाइएको छ । यद्यपि, यो फिल्म बक्स अफिसमा ‘सुपर फ्लप’ भएको छ ।