Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘माइतीघर’को गीत ‘वसन्त नै बस्न खोज्छ’मा उपासना र श्यामाश्रीको छमछमी

फिल्मीखबर, काठमाडौं, 2025/08/28

Upasana Singh Thakuri, Shyama Shree Sherpa

 

यसपालिको दशैंको फूलपातीबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘माइतीघर’को शीर्ष गीत ‘वसन्त नै बस्न खोज्छ यहाँ लोलाएर’ सार्वजनिक गरिएको छ । यो ६ दशकअघि बनेको फिल्म ‘माइतीघर’कै गीत हो, जसलाई यसपटक निर्माता रोहित अधिकारी र उनको टिमले नयाँ शैलीमा पुनः बजारमा ल्याएको हो । यो गीतले पुरानो धुनमा नयाँ ऊर्जा थपिएको अनुभूति गराउँछ । 

यस गीतकी मूल गायिका आशा भोसले हुन् भने यसपटक भारतीय गायिका सञ्जीवनीले स्वर दिएकी छन् । राकेश गुरुङको एरेञ्ज रहेको गीतमा किरण खरेलको शब्द तथा जयदेवको संगीत छ । कविराज गहतराजले कोरियोग्राफी गरेको गीतको भिडियोमा फिल्मका दुई मुख्य अभिनेत्री उपासना सिंह ठकुरी र श्यामाश्री शेर्पाको आकर्षक नृत्य देख्न सकिन्छ । 

मानकृष्ण महर्जन र सुशन प्रजापतिको लोभलाग्दो छायांकन रहेको यो गीतमा फिल्मको निर्माण पक्षले भिडियो प्रतियोगिताको घोषणा गरिसकेको छ । ४० सेकेन्डदेखि २ मिनेटसम्म भिडियो बनाएर पठाउनेमध्ये उत्कृष्ट एक जनाले ५ लाख पुरस्कार पाउनेछन् । यो रणनीतिले फिल्मको प्रचारलाई अझ व्यापक बनाउने निर्माण टिमको अपेक्षा छ । 

मिलन तामाङको निर्देशनमा बनेको फिल्ममा उपासना र श्यामाश्रीसहित केदार प्रसाद घिमिरे (माग्ने बुढा), धीरज मगर, प्रकाश सपूत, युवराज लामा, वुद्दि तामाङ, रजनी गुरुङ लगायतको अभिनय रहेको छ । रबिन शेरचन र धिरज तामाङको लगानी रहेको फिल्मको कार्यकारी निर्मातामा ईश्वर श्रेष्ठ र निरज कटुवाल रहेका छन् । फिल्मका लेखक रामशरण पाठक हुन् ।