Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भारतपछि अब नेपालमा बन्दै ‘स्त्री’, मुख्य भूमिकामा ‘रंगी’ जोडी

फिल्मीखबर, काठमाडौं, 2025/08/28

stree

 

भारतको सर्वाधिक सफल फिल्ममध्ये एक मानिन्छ, ‘स्त्री’ । यसको दोस्रो भागले त भारतीय बक्स अफिसमा कीर्तिमान नै बनाएको छ । अब नेपालमा पनि ‘स्त्री’ नाममा फिल्म बन्ने भएको छ । बिहीबार ऋषि पञ्चमीको अवसर पारेर काठमाडौंको कमलादीस्थित गणेशस्थान मन्दिरमा मुहूर्त पूजा गर्दै यस फिल्मको औपचारिक रूपमा निर्माण घोषणा गरियो ।

जीवन शाहीको लेखन तथा निर्देशनमा बन्न लागेको फिल्ममा ‘रंगी’ जोडी सलोन बस्नेत र नम्रता श्रेष्ठ (पूर्व मिस नेपाल)को मुख्य भूमिका रहनेछ । उनीहरूसहित प्रमोद अग्रहरी, रिस्ता बस्नेत, बाल कलाकार दिप्सन चिलवालको पनि फिल्ममा अभिनय रहने जनाइएको छ । यो फिल्म सामाजिक कथामा बन्नेछ ।

यही भदौ १४ गते काठमाडौंबाट छायांकन सुरू हुन लागेको फिल्ममा बाबुल गिरीको संगीत तथा देव महर्जनको द्वन्द्व निर्देशन रहनेछ । मेला रेकर्डिङ्ग स्टुडियोको ब्यानरमा समीर राईले फिल्मको निर्माण गर्नेछन् । यसको पटकथा निर्देशक शाहीले किशन अर्यालसँग मिलेर तयार पारेका छन् ।