Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आईएनआईले लियो विश्वज्योति हलको व्यवस्थापनको जिम्मा

फिल्मीखबर, काठमाडौं, 2025/08/22

biswojyoti

 

नेपालको दोस्रो ठूलो मल्टीप्लेक्स चेन आईएनआई सिनेमाजले काठमाडौंको जमलस्थित विश्वज्योति सिनेप्लेक्सको व्यवस्थापनको जिम्मा लिएको छ । योसँगै आईएनआईको हल संख्या ५ पुगेको छ । यो चेनले यसअघि काठमाडौं उपत्यकाभित्र दुई र उपत्यकाबाहिर बुटवल र सिमरामा गरी दुईवटा मल्टीप्लेक्स सञ्चालन गर्दै आएको छ ।

शुक्रबार विश्वज्योति सिनेप्लेक्सका सीइओ रोहनसिंह सराफ र आईएनआईका सीइओ गृहेन्द्र मुनकर्मीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । अब विश्वज्योति सिनेप्लेक्सलाई ‘आईएनआई सिनेमाज – विश्वज्योति’  नाममा ब्रान्डिङ गरिने जनाइएको छ । यसमा २९० दर्शक क्षमताको दुईवटा अडिटोरियम रहेका छन् ।

आईएनआई समूहले डिसेम्बर २०१९ मा आफ्नो पहिलो मल्टीप्लेक्सको रुपमा काठमाडौंको गोङ्गबुमा रहेको ल्होत्से मलबाट व्यावसायिक यात्रा सुरु गरेको थियो । देशभरका ५ वटा हलमा गरी १८६६ सिट क्षमता पुगेको आईएनआईको नयाँ बानेश्वरको एनबी सेन्टरमा रहेको हलमा नेपालकै पहिलो ‘जीडिसी डीटीएस एक्स’ अडियो सिस्टम जडान छ ।