Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘काजी’को मुहूर्त, मुख्य भूमिकामा विपिन, केकी र गरिमा

फिल्मीखबर, काठमाडौं, 2025/08/22

Kaji

 

निर्देशक लक्ष्मण रिजाल ८ वर्षपछि फिल्म निर्देशनमा फर्किएका छन् । उनको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘काजी’को शुक्रबार दक्षिणकाली मन्दिरमा क्यामेरा तथा स्क्रिप्ट पूजा गर्दै शुभ मुहूर्त गरिएको छ । मुहूर्तसँगै फिल्मको टिम छायांकनका लागि स्याङ्जातर्फ प्रस्थान गरेको छ । आइतबारबाट फिल्मको छायांकन सुरु गरिँदैछ ।

मुहूर्तमा निर्देशक रिजालसहित फिल्मका निर्माता रामप्रसाद रिजाल, प्रमुख कलाकारहरु विपिन कार्की, केकी अधिकारी र गरिमा शर्मा उपस्थित भएका थिए । विपिन र केकीको ‘प्रसाद २’पछि यो दोस्रो सहकार्य हो । प्रदीप भारद्वाजको लेखन रहेको फिल्मलाई चिन्तनराज भण्डारीले छायांकन गर्नेछन् ।

निर्देशक रिजालले आफूले खोजेको जस्तै स्क्रिप्ट पाएकाले ८ वर्षपछि निर्देशनमा फर्किएको बताएका छन् । उनले यसअघि ‘कसम’, ‘धुँवा यो नसा’, ‘अलविदा’, ‘कायरा’ लगायतका फिल्म निर्देशन तथा ‘डिसेम्बर फल्स’ र ‘गणपति’को निर्माण गरेका थिए । 

आर एण्ड आर प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मको छायांकनका लागि स्याङ्जामा ठूलो खर्च गरेर एउटा गाउँको सेट नै निर्माण गरिएको जनाइएको छ । फिल्मका लागि कालीप्रसाद बाँस्कोटाले गीत तयार पारेका छन् । सुनिल मानन्धरको श्रीराम बालाजी फिल्म्सले फिल्मको देशभर वितरण गर्नेछ ।