Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘माइतीघर’को शीर्ष गीत खिच्न ५० लाख खर्च !

फिल्मीखबर, काठमाडौं, 2025/08/22

upasana shing thakuri

 

यसपालिको दशैंको फूलपातीमा प्रदर्शन हुन लागेका तीन फिल्ममध्येको एक ‘माइतीघर’ले प्रचार अभियानलाई तीव्रता दिइरहँदा आगामी साता पहिलो गीतको रूपमा ‘वसन्त नै बस्न खोज्छ यहाँ लोलाएर’ सार्वजनिक गरिँदैछ । केही दिनअघि मात्र यो गीतको छायांकन सकिएको हो । निर्माता रोहित अधिकारीको दाबी अनुसार गीतको भिडियो तयार पार्न लगभग ५० लाख खर्च भएको छ ।

११ दिन छायांकन भएको गीतको भिडियोमा फिल्मका दुई मुख्य अभिनेत्री उपासना सिंह ठकुरी र श्यामाश्री शेर्पालाई नचाइएको छ । गीतको भिडियोका कोरियोग्राफर कविराज गहतराज हुन् । यो गीतको यसअघि पनि छायांकन गरिएको थियो, बागलुङमा । तर, निर्माण पक्षले त्यस बेलाको कुनै दृश्य यसमा राखेको छैन । गीतलाई नयाँ तरिका र शैलीमा खिचिएको निर्माता अधिकारीले बताए ।

गायिका सञ्जीवनीको स्वरमा रहेको फिल्मको गीत सार्वजनिक नहुँदै निर्माण पक्षले त्यसमा नृत्य प्रतिस्पर्धाको घोषणा गरिसकेको छ । उक्त गीतमा ४० सेकेन्डदेखि २ मिनेटसम्म भिडियो बनाउनेमध्ये उत्कृष्ट एकजनालाई ५ लाख पुरस्कार दिइने घोषणा गरिएको छ । ६ दशकअघि बनेको फिल्म ‘माइतीघर’को ‘वसन्त नै बस्न खोज्छ...’ गीतमा भारतीय गायिका आशा भोसलेको स्वर रहेको थियो ।

मिलन तामाङको निर्देशनमा बनेको यो फिल्ममा उपासना र श्यामाश्रीसहित केदार घिमिरे, धीरज मगर, प्रकाश सपूत, युवराज लामा, वुद्दि तामाङ, शिशिर वाङ्देल, रजनी गुरुङ लगायतले अभिनय गरेका छन् । रविन शेरचन र धिरज तामाङको संयुक्त लगानी रहेको ‘माइतीघर’का कार्यकारी निर्माता ईश्वर श्रेष्ठ र निरज कटुवाल हुन् । फिल्ममा सुशन प्रजापतिको छायांकन रहेको छ ।