Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

विल्सनको ‘मैझारो’मा दयाहाङको प्रवेश, यस्तो छ लुक्स

फिल्मीखबर, काठमाडौं, 2025/08/19

dayahang rai

 

कलाकार विल्सन विक्रम राई (तक्मे बुढा)को पहिलो निर्देशकीय फिल्म ‘मैझारो’मा अभिनेता दयाहाङ राईको प्रवेश भएको छ । छायांकनको अन्तिम चरणमा फिल्ममा जोडिएका उनको मंगलबारबाट दृश्य खिच्न थालिएको छ । 

दयाहाङले छायांकन सुरु गरेसँगै उनको लुक्स पनि सार्वजनिक गरिएको छ । निर्माण पक्षले उपलब्ध गराएको तस्वीरमा उनलाई लिम्बू पहिरनमा एक हातले भाला हान्दै गरेको देख्न सकिन्छ । यसबाट फिल्ममा उनी लिम्बू पात्रको भूमिकामा रहेको प्रष्ट हुन्छ ।

गत साउनको पहिलो हप्ताबाट इलाम क्षेत्रमा छायांकन सुरु गरिएको फिल्ममा धीरज मगर, मिरुना मगर, दीया पुन, बुद्धि तामाङ, सुनिल थापा, पुष्कर गुरुङ, अभय राज बराल, माओत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन, विशाल लिम्बू लगायतको अभिनय रहेको छ । 

निर्देशक राई स्वयंको लेखन रहेको फिल्मका छायाँकार सौरभ लामा  हुन् । अनमोल गुरुङ र तोरेम्पा हाङ राईको संगीत रहेको फिल्मका गीतमा राजेश पायल राई, झुमा लिम्बू, मेलिना राई र अस्मिता अधिकारीले स्वर दिएका छन् । पूर्वी पहाडको जीवनशैली, संस्कृति र सामाजिक यथार्थतामा फिल्म आधारित रहेको जनाइएको छ ।