Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रदर्शन मिति तय नहुँदै ‘मेरो जुत्ता खोइ’को गीत रिलिज

फिल्मीखबर, काठमाडौं, 2025/08/15

Mero Jutta Khoi

 

कुमार केसीको निर्देशनमा बनेको फिल्म ‘मेरो जुत्ता खोइ’को प्रदर्शन मिति तय नहुँदै पहिलो गीत ‘दिलको ढोका खोलेर’ सार्वजनिक गरिएको छ । राजेश पायल राई र मेलिना राईको स्वरमा रहेको गीतमा डा. ओमकृष्ण प्रसाईंको शब्द रचना, विकास चौधरीको संगीत तथा सञ्जय हमालको एरेन्ज छ ।

कमल राईको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोमा फिल्मका मुख्य जोडी प्रशान्त मुखिया र रचना सिवाकोटीको नृत्य देख्न सकिन्छ । भिडियोमा प्रशान्तले रचनासँग विवाह गर्ने इच्छा व्यक्त गरेका छन् भने रचनाले जवाफमा आफूलाई पाउने रहर नगर्न भनेकी छन् । विवाहको परिवेशमा भिडियो तयार पारिएको छ । 

प्रेम, विवाह र सामाजिक सम्बन्धमा आधारित भएर बनेको फिल्ममा प्रशान्त र रचनासहित सुरवीर पण्डित, रोहन सेन्चुरी, लानाम डोर्जे लामा, कृष्ण सुवेदी, दीपेन्द्र सुब्बा, तुलसा शर्मा, अचला अधिकारी, अभय अधिकारी, पिटर खवास लगायतले अभिनय गरेका छन् । दर्पण क्षेत्री, प्रितम मुखिया र अभय अधिकारीको फिल्ममा लगानी रहेको छ । 

रोहन सेन्चुरी (डम्बर बहादुर विश्वकर्मा) कार्यकारी निर्माता रहेको फिल्ममा शिव ढकालको छायांकन, सन्तोष खवासको द्वन्द्व निर्देशन, सन्देश शाह र निशान तामाङको सम्पादन, कुमार केसीको लेखन तथा एलिस कार्कीको ब्याकग्राउन्ड म्यूजिक छ । फिल्मलाई चाँडै देशव्यापी प्रदर्शन गरिने निर्माण टिमले जनाएको छ ।