Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘होस्टेल ३’ भारतका ५० बढी हलमा प्रदर्शन हुने

फिल्मीखबर, काठमाडौं, 2025/08/15

hostel 3

 

गत वर्ष व्यावसायिक रुपमा सफल भएको फिल्म ‘होस्टेल ३’ अब भारतमा प्रदर्शन हुने भएको छ । सशान कँडेलको निर्देशनमा बनेको यो फिल्म आगामी ५ सेप्टेम्बर (भदौ २० गते)देखि भारतका सिक्किम, दार्जिलिङ, सिलगुडी, गुवाहाटी, आसाम, मणिपुर, सिङ्ताम सहरका ५० बढी हलमा एकैसाथ प्रदर्शन हुन लागेको हो । 

भारतमा यसको वितरण गोर्खा फिल्म प्रोडक्सन र सुपर सिनेमाले गर्दैछन् । ‘होस्टेल ३’का मुख्य कलाकार पदम तामाङ सिक्किम निवासी भएकाले त्यस क्षेत्रका हलमा फिल्मको उच्च माग रहेको जनाइएको छ । 

क्याम्पस जीवनका उतार–चढाव, प्रेम, मित्रता र सङ्घर्षलाई मुख्य विषय बनाएर निर्माण भएको फिल्ममा पदमसहित पारस बम ठकुरी (कुलब्वाय), रिहान गिरी, आशिष घिमिरे, सिम्रन पन्त, हेना नगरकोटी, समा पराजुली, सन्तोष बानियाँ लगायतको अभिनय रहेको छ । यो फिल्मले नेपालमा चार करोडमाथिको व्यापार गर्दै हलमा ५१औं दिन मनाएको थियो । 

फिल्मका लेखक तथा एसोसियट निर्देशक माधव शर्मा हुन् । निर्मातामा सुरेश कँडेल र गोविन्द अधिकारी रहेका छन् भने सह-निर्माता शिशिर ज्ञवाली, अनीश सिग्देल र कुन्दन गुप्ता हुन् । शङ्कर कोइराला फिल्मको कार्यकारी निर्मातामा रहेका छन् । यही समूहले ‘होस्टेल’को चौथो श्रृंखलाको पनि निर्माण घोषणा गरिसकेको छ ।