Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘राम नाम सत्य’को मुहूर्त गर्दै चैत्र २७ गतेलाई प्रदर्शन मिति घोषणा

फिल्मीखबर, काठमाडौं, 2025/08/14

ram nam satya 3

 

कोरियोग्राफरको रुपमा परिचित माइकल चन्दको निर्देशनमा बन्न लागेको एक्सन प्रधान फिल्म ‘राम नाम सत्य’को शुभसाइत गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । बिहीबार ललितपुरको प्रसिद्ध बंगलामुखी मन्दिरमा मुहूर्त पूजापछि एक पोस्टर सार्वजनिक गर्दै आगामी चैत २७ गतेबाट फिल्म प्रदर्शनमा आउने जानकारी गराइयो ।

सार्वजनिक पोस्टरमा फिल्मका मुख्य अभिनेता विराज भट्टलाई मात्र प्रस्तुत गरिएको छ । उनलाई रगताम्मे अवस्थामा देख्न सकिन्छ । एउटा हातले रगत पोतिएको लौरो समाएर चुरोट तान्दै शान्त भावमा देखिएका उनको वरिपरि लासको लस्कर छ । पृष्ठभूमिमा उल्टो गरी झुन्ड्याइएका मानिस देखिन्छन् । पोस्टरले फिल्ममा विराजको पात्र हिंसक र आक्रमक रहेको प्रष्ट पार्छ ।

केही दिनमा काठमाडौंबाट छायांकन सुरु हुने फिल्ममा विराजसहित सुशील श्रेष्ठ, दिव्या रायमाझी, आयुष सिंह ठकुरी, सुपुष्पा भट्ट, खुशी कार्की, सुनिल थापा, अर्पण थापा, कनिज कोइराला, रवि गिरी, दिनेश डिसी लगायतको अभिनय रहनेछ । उपेन्द्र शाही र श्वेता विमलीको लगानीमा बन्ने फिल्ममा किशोर भट्ट र डी आर उपाध्याय कार्यकारी निर्मातामा छन् ।

निर्देशक चन्द स्वयंको लेखन रहेको फिल्ममा सञ्जय लामाको छायांकन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, अर्जुन पोखरेल, बाबुल गिरी, एसडी योगी र नवाज अन्सारीको संगीत तथा विक्रम स्वाँर र सियोन श्रेष्ठको कोरियोग्राफी रहनेछ । फिल्ममा मोती कार्की क्रियटिभ निर्माता र राजेन्द्र आचार्य लाइन प्रोड्युसरको रुपमा छन् ।

 

ram nam satya 1 poster


फिल्मको मुहूर्त कार्यक्रममा निर्देशक चन्दले ‘राम नाम सत्य’ आफ्नो सपना रहेको बताए । बोल्दै गर्दा भावुक देखिएका उनले न्यायको अन्तिम बाटो भनेको ‘राम नाम सत्य’ मात्र हो भन्ने कन्सेप्टमा फिल्म बन्न लागेको पनि प्रष्ट पारे । चन्दले यही फिल्मबाट निर्देशनमा डेब्यु गर्न लागेका हुन् । उनीसँग म्यूजिक भिडियो निर्देशनको भने अनुभव छ ।