Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘मिरमिरे’को छायांकन पूरा, दयाहाङले ६० लाख पारिश्रमिक लिएको चर्चा

फिल्मीखबर, काठमाडौं, 2025/08/14

mirmire

 

‘कार्साङ’का निर्देशक यम शेर्पाको दोस्रो निर्देशकीय फिल्म ‘मिरमिरे’को छायांकन पूरा भएको छ । फिल्मको ३५ दिनमा एक गीतबाहेक अन्य दृश्यहरूको छायांकन मंगलबार सकिएको हो । काभ्रेको बल्थली र मकवानपुरको चित्लाङ क्षेत्रमा छायांकन भएको फिल्मको बाँकी एउटा गीत समय अनुकूल पारेर चाँडै खिचिने निर्देशक शेर्पाले बताए । 

फिल्ममा ‘कार्साङ’ जोडी दयाहाङ राई र सिर्जना निङलेखुसहित प्रकाश सपूतको मुख्य भूमिका रहेको छ । ‘मिरमिरे’का लागि दयाहाङले सरकारी ट्याक्स कटाएर ६० लाख पारिश्रमिक लिएको चर्चा छ । यदि यो सत्य हो भने उनी नेपाली फिल्मका सबैभन्दा महंगा अभिनेता बनेका छन् । 

यार्सा फिल्म्सको प्रस्तुति रहेको फिल्ममा माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा लगायतले पनि अभिनय गरेका छन् । बाल–कलाकारमा शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल छन् । ‘मिरमिरे’मा निर्देशक शेर्पा स्वयंको लेखन रहेको छ । आलोक शुक्ला फिल्मका छायाँकार हुन् ।

निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको फिल्ममा गोविन्द बोहरा, सुदिप कुँवर सह-निर्मातामा छन् भने कार्यकारी निर्माता आरआर फिल्म्सका सञ्चालक तथा वितरक रोहित कट्टेल हुन् ।