Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘डक प्रोड्युसिङ साउथ’मा ‘जहाँ फुल्छ गुराँस’ छनोट

फिल्मीखबर, काठमाडौं, 2025/08/11

A Place where Rhododendrons Bloom 2

 

‘कौसीद’ फिल्मका निर्माता केदार भुसालले निर्माण गरेको नेपाली वृत्तचित्र ‘जहाँ फुल्छ गुराँस’ (द प्लेस ह्वेयर रेडोडेन्ड्रोन्स ब्लोम) दक्षिण एशियाली निर्माताको डकुमेन्ट्री परियोजना विकासमा केन्द्रित सिर्जनात्मक ल्याब ‘डक प्रोड्युसिङ साउथ’मा छनोट भएको छ । ६० बढी भाषाका १११ वटा आवेदनहरूमध्ये नेपालबाट उक्त वृत्तचित्र छानिएको हो ।

आफू निर्देशित वृत्तचित्र ‘डक प्रोड्युसिङ साउथ’मा छनोट भएपछि निर्देशक रजिला श्रेष्ठले खुसी व्यक्त गरेकी छन् । उनले फेसबुकमा लेखेकी छन्, ‘यो धेरै आवश्यक छनोट हो । किनकि, हामी नेपाली फिल्म निर्माताहरूले यस विषयमा आफूलाई शिक्षित गर्न आवश्यक छ । आशा छ, म यस ल्याबबाट सिक्ने र बुझ्नेछु । निकट भविष्यमा फिल्म निर्माताहरूसँग पनि अनुभव साट्नेछु ।’

‘डक प्रोड्युसिङ साउथ’ दक्षिण एसियाली वृत्तचित्रलाई सशक्त बनाउन ‘पियर-टु-पियर’ मोडलमा चल्ने गर्छ, जसका सह-संस्थापक भारतीय फिल्ममेकर अनिर्बान दत्ता र अनुपमा श्रीनिवासन हुन् । यस वर्षको सिर्जनात्मक ल्याब आगामी सेप्टेम्बर १ देखि ५ सम्म भारतको दिल्लीमा तय गरिएको छ । जसमा नेपालसहित भारत, बंगलादेश जस्ता देशका वृत्तचित्र छनोट भएका छन् । 

‘जहाँ फुल्छ गुराँस’ एउटा ग्रामीण बस्तीका दुई हिन्दु परिवारले आफ्ना छोराहरूलाई काठमाडौंको बौद्ध गुम्बामा भिक्षु बनाउन पठाएको कथामा आधारित छ । यसअघि यो वृत्तचित्र ग्लोबल मिडिया मेकर्स (लस एन्जल्स), टोक्यो डक्स (जापान), ढाका डक ल्याब (बंगलादेश) र डकएज कोलकाता (भारत)का ल्याब तथा रेसिडेन्सीहरूका लागि छनोट भइसकेको छ ।