Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बक्स अफिसमा ‘महावतार नरसिंह’को गर्जन, कमाइ पुग्यो १७५ करोड

एजेन्सी, काठमाडौं, 2025/08/10

Mahavatar Narasimha: The surprise blockbuster that outshone big-budget myths

 

फिल्म रिलिज भएपछि जब दिन वित्दै जान्छ, तब कमाइ पनि घट्दै जान्छ । तर, एनिमेटेड भारतीय फिल्म ‘महावतार नरसिंह’को हकमा भने ठीक उल्टो भइरहेको देखिन्छ । फिल्मले बक्स अफिसमा कमजोर सुरुवात गरेको थियो । तर, दर्शकबाट सकारात्मक प्रतिक्रिया आउन थालेपछि फिल्मको व्यापारमा वृद्धि हुन थाल्यो । अन्ततः प्रदर्शनको दुई हप्तामै यो फिल्म ब्लकबस्टर बनेको छ ।

भारु १५ करोडमा बनेको ‘महावतार नरसिंह’ले हिन्दी, तमिल, तेलुगू, मलायलम र कन्नड भाषामा गरी प्रदर्शनको पहिलो दिन जम्मा १ करोड ३५ लाख नेट कमाइ गरेको थियो । जब फिल्मलाई दर्शकबाट सकारात्मक प्रतिक्रिया मिल्यो, त्यसपछि दोस्रो दिन नै कमाइमा १६२ प्रतिशत वृद्धि भयो । र, पहिलो साता सबै भाषामा गरी फिल्मले भारतमा नेट ४४ करोड ७५ लाखको कमाइ गर्‍यो ।

दोस्रो साता फिल्मको व्यापार अझ आक्रामक रह्यो । पाँच भाषामा फिल्मले दोस्रो साता ७३ करोड ४ लाख कमाइ गर्दै दुई सातामा १ सय १८ करोड नेट कमायो । तेस्रो सातामा फिल्म थप बलियो देखिएको छ । तेस्रो साताको शुक्रबार फिल्मले हिन्दी भर्सनमा ४ करोड ७० लाख र शनिबार १५ करोड कमाएको छ । योसँगै फिल्मको हिन्दी भर्सनको कमाइ मात्र नेट १ सय ४ करोड पुगेको छ ।

निर्माण कम्पनी हम्बेल फिल्म्सका अनुसार १६ दिनसम्म फिल्मको विश्वव्यापी कमाइ १ सय ७५ करोड ग्रस छ । योसँगै ‘महावतार नरसिंह’ भारतीय फिल्मको इतिहासमा ७६औं सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ । फिल्मको व्यापारिक गति हेर्दा यसले भारतमा कम्तिमा पनि साढे २ सय करोडको आँकडा पार गर्न सक्ने देखिन्छ । यो फिल्मलाई अश्विन कुमारले निर्देशन गरेका हुन् ।