Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘कोशेढुङ्गा’को कथा बोल्ने मर्मस्पर्शी कविता सार्वजनिक

फिल्मीखबर, काठमाडौं, 2025/08/09

KOSHEDHUNGA

 

आगामी भदौ १२ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘कोशेढुङ्गा’को प्रचार अभियानलाई थप प्रभावकारी बनाउन शनिबार रक्षाबन्धनको अवसर पारेर कविता सार्वजनिक गरिएको छ । ‘कोशेढुङ्गाभित्रको कथा’ नाम दिइएको कविता फिल्मकी मुख्य अभिनेत्री सुरक्षा पन्तको आवाजमा सुन्न सकिन्छ । कवितामा प्रेम, समर्पण, पीडा, सपना र संकल्पको भावनाहरु व्यक्त छन् ।

लिरिकल भिडियोसहितको कविताले सपना टुट्दै गएपछि सम्झौतामा बाँच्नु पर्दाको पीडादेखि सम्बधमा गरिने विश्वासलाई दर्शाएको छ । यसले फिल्मको कथालाई संकेत गर्छ । सार्वजनिक भिडियोमा फिल्मभित्रका केही चल-अचल दृश्यहरु समावेश छन्, जसमा मुख्य कलाकारहरुलाई देख्न सकिन्छ । अधिकांश दृश्यमा पात्रहरु दुःख र पीडामा देखिन्छन् । 

कवितासँगै निर्माण पक्षले शनिबार तीनवटा पोस्टर पनि सार्वजनिक गरेको छ । जसले फिल्मका मुख्य कलाकारहरुको चरित्र चित्रण गर्छ । पोस्टरमा सुरक्षा पन्त, आर्यन सिक्देल, प्रवीण खतिवडा, मन्जिल कुमार, नीति शाह, ऋचा शर्मा, दिनेश काफ्ले, झकेन बिसी लगायतका कलाकारहरु प्रस्तुत छन् । पोस्टर हेर्दा फिल्मले सम्बन्धको कथा भन्ने अनुमान लगाउन सकिन्छ । 

कीर्तिमानी फिल्म ‘पूर्ण बहादुरको सारंगी’का निर्देशक सरोज पौडेलले निर्देशनमा बनेको फिल्ममा प्रेविल कँडेल र किशोर अनुराग निर्मातामा छन् भने कार्यकारी निर्माता दिनेश खड्का हुन् । यसमा बाबु श्रेष्ठको छायांकन, नहकुल खड्काको सम्पादन तथा आशिष अविरल, खेम सेन्चुरी र रिदम कँडेलको संगीत छ । यो फिल्म नेपालसहित ४२ बढी देशमा एकसाथ रिलिज हुँदैछ ।