Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘माग्ने राजा’ ट्रेलर : गरिब माग्ने धनी भएपछि गर्ने हर्कतको कथा

फिल्मीखबर, काठमाडौं, 2025/08/07

May be an image of 6 people, shoes and text


ऋषि लामिछानेको निर्देशनमा तयार भएको फिल्म ‘माग्ने राजा’को कमेडी, भावनात्मक र सन्देशमूलक ट्रेलर सार्वजनिक गरिएको छ । साढे ३ मिनेटभन्दा लामो ट्रेलर फिल्मका मुख्य पात्र कुबेर शर्मा उर्फ केदार घिमिरे (माग्ने बुढा)को वरिपरि घुमेको छ । आर्थिक अभाव झेलिरहेको कुबेर पात्रले बिना मिहिनेत अकूत पैसा पाएपछि गर्ने विभिन्न हर्कतलाई हास्य शैलीमा देखाइएको छ ।

ट्रेलर अनुसार गाउँमा बस्ने कुबेर धनी हुने सपना देख्छ । अचानक उसको त्यो सपना पूरा पनि हुन्छ । त्यसपछि सहरमा ऐस-आराम र विलासी जीवन बाँच्न थाल्छ । तर, बिना मिहिनेतको पैसाले आफ्नै हानि हुन थालेपछि कुबेर पात्र फेरि गाउँमा आमासँग बस्न थालेको दृश्यसँगै ट्रेलरले बिट मारेको छ । अभिनेत्री वर्षा सिवाकोटी केदारको सेक्रेटरीको भूमिकामा देखिएकी छन् । 

तीजको छेको पारेर आगामी भदौ ६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्ममा केदार र वर्षासहित विल्सन विक्रम राई, पुष्कर गुरुङ, शिशिर वाङ्देल, शारदा गिरी, पवित्रा साकी (मिस पबी), राधिका कँडेल लगायतको अभिनय रहेको छ भने आर्यन सिग्देल विशेष भूमिकामा छन् । मुनाल घिमिरे प्रस्तुतकर्ता रहेको फिल्मका निर्माता मधुसुदन शर्मा हुन् । 

फिल्ममा नरेन्द्र मैनालीको छायांकन, मित्र डि. गुरुङको सम्पादन, सामीप्यराज तिमल्सेनाको लेखन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, त्सूजील कर्माचार्यको ब्याकग्राउन्ड म्यूजिक, साहिल खानको ट्रेलर सम्पादन तथा दीपक शर्मा र बाबुल गिरीको संगीत रहेको छ । फिल्ममा समावेश ‘जिन्दगी चल्दैछ ऐसमा’ गीत अहिले निकै चर्चामा छ ।