Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘सिटामोल’को ‘रातो पछ्यौरी’ गीतमा सौगात र बेनिशाको प्रेमभाव

फिल्मीखबर, काठमाडौं, 2025/08/05

Saugat Malla, Benisha Hamal

 

यही शुक्रबार अर्थात् साउन २३ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘सिटामोल’को नयाँ गीत ‘रातो पछ्यौरी’ मंगलबार सार्वजनिक गरिएको छ । गीतमा अञ्जना खतिवडा र रवि ओडको युगल गायन रहेको छ भने बाबुल गिरीको शब्द तथा संगीत छ । अरेन्जमेन्ट र मिक्सिङ पनि बाबुल स्वयंको हो । 

गीतको भिडियोमा फिल्मका मुख्य जोडी सौगात मल्ल र बेनिशा हमालबीचको प्रेमिल सम्बन्ध देख्न सकिन्छ । श्रीमान्-श्रीमतीको भूमिकामा रहेका उनीहरु बजारमा किनमेल र खानपिनमा रमाइरहेका देखिन्छन् । गर्भवती बेनिशाको खुसीमा सौगातको प्रसन्नता भिडियोमा झल्किएको छ । यो गीतले फिल्मको कथालाई थप सशक्त बनाउने विश्वास निर्माण टिमको छ । 

राजबहादुर सानेको निर्देशनमा बनेको फिल्ममा सौगात र बेनिशासहित श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भूगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल लगायतको अभिनय रहेको छ । श्रीकृष्ण र जानुकाको यो डेब्यु फिल्म हो । 

तुल्सी देवी फिल्मले जुनतारा फिल्म्ससँगको सहकार्यमा निर्माण गरेको फिल्ममा प्रदीप भारद्वाज र राजबहादुर सानेको लेखन रहेको छ । सिमोस सुनुवारको प्रस्तुतिमा बनेको फिल्मका निर्माता भूगोल कुमार कार्की र विकासराज जोशी हुन् । यसमा दिव्य सुवेदीको छायांकन, बन्दे प्रसादको सम्पादन तथा मुकेश शाहको साउण्ड डिजाइन रहेको छ ।