Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘अभिमन्यु’को ‘माली’ गीतमा दाजु-बहिनीको प्रेम

फिल्मीखबर, काठमाडौं, 2025/08/04

ABHIMANYU

 

कीर्तिमानी फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माता विनोद पौडेलले निर्माण गरेको नयाँ फिल्म ‘अभिमन्यु’को पहिलो गीत ‘माली’ सार्वजनिक गरिएको छ । प्रेम, स्नेह र आत्मीयताको भाव मिश्रित गीतमा शब्द, संगीत तथा स्वर प्रशान्त सिवाकोटीको रहेको छ । यसमा विषम आचार्यको संगीत संयोजन छ । 

गीतको भिडियोमा दाजु-बहिनीबीचको भावनात्मक र आत्मीय सम्बन्धलाई देखाइएको छ । माली बनेर आफ्नी बहिनीको रेखदेख गर्ने दाजुको भावनालाई गीतले मार्मिक ढंगले प्रस्तुत गरेको छ । शनिबार परेको रक्षाबन्धनलाई मध्यनजर गरेर सार्वजनिक गरिएको गीतमाथि निर्माण पक्षले भिडियो प्रतिस्पर्धाको पनि घोषणा गरिएको छ । 

प्रतिस्पर्धामा सहभागी हुन इच्छुकले उक्त गीतमा दाजुभाइ वा दिदीबहिनीले राखी बाँधेको भिडियो बनाएर सामाजिक सञ्जालमा सेअर गर्नुपर्नेछ । उत्कृष्ट ३ भिडियोलाई क्रमशः ५० हजार, ३० हजार र १५ हजार पुरस्कार प्रदान गरिने निर्माता पौडेलले बताए ।

सुशान्त गौतमको निर्देशनमा बनेको फिल्ममा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ लगायतको अभिनय रहेको छ । यो फिल्म आगामी भदौ २७ गतेबाट प्रदर्शनमा आउँदैछ । 

मुकेश खनालको लेखन रहेको फिल्मको निर्माणमा विनोदलाई गुञ्जन गिरीले सघाएका छन् । रमेश चौलागाई र हरि श्रेष्ठ सह-निर्माता रहेको फिल्मका छायाँकार शरद महतो हुन् । यो फिल्मको हिन्दी भर्सन आगामी असोज ६ गते रिलिज हुनेछ ।