Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

धीरज र उपासनाको प्रेम र वियोग झल्काउने ‘जलाकी’ पोस्टर

फिल्मीखबर, काठमाडौं, 2025/08/04

dhiraj magar and upasana shing thakuri

 

गत वर्षको सफल फिल्म ‘खुस्मा’का निर्देशक अशोक थापा मगर अब दोस्रो फिल्मको रुपमा ‘जलाकी’ निर्माण गर्दैछन् । गत चैत्रमा केही प्रतिशत छायांकन भइसकेको फिल्मको दोस्रो चरणको छायांकन आगामी असोज २१ गतेबाट सुरु गर्ने तयारी गरिएको छ । फिल्ममा ‘खुस्मा’कै जोडी धीरज मगर र उपासना सिंह ठकुरी दोहोरिएका छन् भने सोनम तोप्देनको पनि मुख्य भूमिका रहनेछ ।

सोमबार फिल्मको दुईवटा पोस्टर सार्वजनिक गरिएको छ, जसमा धीरज र उपासना चित्रित छन् । एउटामा उनीहरु रोमान्टिक देखिएका छन् भने अर्कोमा भावुक मुद्रामा प्रस्तुत छन् । यसले फिल्ममा उनीहरुको प्रेम सम्बन्धमा आउने उतारचढावलाई संकेत गर्छ । ‘जलाकी’ शब्दले मगर समुदायको आस्थाको प्रतिक मानिने ढुङ्गाले चिनेको स्तम्भलाई बुझाउँछ । 

त्रिकोणात्मक प्रेमकथामा आधारित रहने फिल्ममा शिल्पा मास्के, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, संगीता थापा मगर, खड्क बहादुर पुन (खबपु) लगायतको पनि अभिनय रहनेछ । यो फिल्मबाट मिस सिक्किम साहारा हाङमा लिम्बूले डेब्यु गर्दैछिन् । नेपाल र दक्षिण कोरियामा गरेर फिल्मको तीन चरणमा छायांकन हुने जनाइएको छ ।

फिल्मका निर्माताहरुमा ओम घर्ति मगर, वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना), मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन् । फिल्ममा शैलेन्द्र डी कार्कीको डिओपी तथा एसडी योगी र सरित राईको संगीत रहनेछ । मगर र गुरुङ समुदायको संस्कृति र परम्परालाई झल्काइने भनिएको ‘जलाकी’मा निर्देशक मगर स्वयंको लेखन रहेको छ ।