Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सुरक्षा अभिनीत ‘बुकी’ पोस्टरले के जनाउँछ ?

फिल्मीखबर, काठमाडौं, 2025/08/02

Buki First Look

 

नेपालको हिमाली क्षेत्रका पाटनमा बर्सातको समयमा फुल्ने मनमोहक फूल हो, बुकी । बागलुङ जिल्लाको ढोरपाटन र त्यस आसपासका गाउँमा मनाइने चाडबाड र धर्म, संस्कृतिसँग समेत विशेष सम्बन्ध गाँसिएको यो फूलको नाममा अब फिल्म बनेको छ । मोहन केसीको निर्देशनमा तयार भएको फिल्म ‘बुकी’को शनिबार फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । 

पोस्टरमा एक पुरुष र ६ महिलाहरु लेकाली भेगको चौरमा भलिबलको अभ्यास गरिरहेका देखिन्छन् । चौरमा सेतो रंगको बुकी फूल पनि फुलेको छ । पोस्टर हेर्दा फिल्मको कथा महिला भलिबल टुर्नामेन्टसँग सम्बन्धित रहेको अनुमान लगाउन सकिन्छ । यद्यपि, निर्माण टिमले यसबारे प्रष्ट पारेको छैन । 

सन् २०२६ मा रिलिज लक्ष्य राखिएको फिल्ममा सुरक्षा पन्त, देबेन्द्र बब्लु, रोशनी कार्की, प्रकाश घिमिरे, लक्ष्मीनाथ तिमल्सिना, सन्दिप बाबु लोहनी, निशा बजगाईं लगायतको अभिनय रहेको छ । फिल्ममा लक्ष्मण सापकोटा, अमिशा काउचा थापा र रमेश थापा निर्मातामा छन् भने कार्यकारी निर्माता प्रकाश आले र राजन केसी हुन् । 

जितु थापा र सुनील बुढाथोकीको सह-निर्माण रहेको फिल्ममा विकास गन्दर्भको डीओपी, दीपक शर्मा र एचबीएन किस्मतको संगीत तथा भुपेन्द्र अधिकारीको सम्पादन छ । ‘बुकी’को छायाकंन काठमाडौं, पोखरा र बागलुङको ढोरपाटन क्षेत्रमा गरिएको हो ।