Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दयाहाङ र प्रकाशको ‘मिरमिरे’ माघे सङ्क्रान्तिमा आउने

फिल्मीखबर, काठमाडौं, 2025/08/01

mirmire

 

यतिबेला छायांकनमा रहेको फिल्म ‘मिरमिरे’ माघे सङ्क्रान्तिको विदा पारेर आगामी माघ १ गतेबाट प्रदर्शनमा आउने भएको छ । शुक्रबार फिल्मकी मुख्य अभिनेत्री सिर्जना निङलेखुको जन्मदिनको अवसरमा निर्माण पक्षले प्रदर्शन मितिबारे जानकारी गराएको हो । वितरकसँगको सल्लाहमा फिल्मलाई माघ १ गते प्रदर्शन गर्न लागिएको निर्देशक यम शेर्पाले बताए । 

केही दिनदेखि फिल्मको छायांकन मकवानपुरको चित्लाङमा भइरहेको छ । त्यसअघि काभ्रेपलाञ्चोकमा केही प्रतिशत छायांकन गरिएको थियो । अबको दुई सातामा फिल्मको सम्पूर्ण छायांकन सकिने जनाइएको छ । फिल्ममा सिर्जनासँगै दयाहाङ राई र प्रकाश सपूतको मुख्य भूमिका रहेको छ ।

निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको फिल्ममा माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, बाल–कलाकारहरु शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ, नमनराज गजुरेल लगायतको पनि अभिनय छ । फिल्ममा निर्देशक शेर्पा स्वयंको लेखन छ भने आलोक शुक्ला छायाँकारमा छन् । 

यार्सा फिल्म्सको प्रस्तुति रहेको ‘मिरमिरे’का सह–निर्माता गोविन्द बोहरा र सुदीप कुँवर हुन् । कार्यकारी निर्मातामा वितरक कम्पनी आरआर फिल्म्सका सञ्चालक रोहित कट्टेल रहेका छन् । फिल्मलाई आरआर फिल्म्सले नै देशभर वितरण गर्नेछ ।