Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कर्णालीको कथामा ‘रेलको बाटो’ बन्ने

फिल्मीखबर, काठमाडौं, 2025/07/31

relko bato

 

करिब चार वर्षपछि सार्वजनिक भएको चर्चित गीत हो, ‘रेलको बाटो’ । कर्णाली र सहरको अवस्थालाई तुलना गरिएको यो गीतलाई युट्युबमा ९० लाख बढीले हेरिसकेका छन् । अब उक्त गीतको नाममा फिल्म बन्ने भएको छ । सोही गीतका निर्देशक लक्ष्मण सुनारको निर्देशनमा ‘रेलको बाटो’ बन्न लागेको हो । बिहीबार थिम पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरियो ।

कर्णालीको कथामा बन्न लागेको फिल्मको थिम पोस्टरमा पहाडी भूगोलको स्केच दृश्य देखिन्छ । जहाँ प्रधानमन्त्रीको स्वागतमा बनाइएको गेट र नजिकै गाउँपालिकाको भवन छ । सडकमा खच्चडहरुसँगै एक व्यक्ति डोकोमा महिलालाई बोकेर हिँडिरहेका देखिन्छन् । आकाशमा हेलिकोप्टर उडिरहेको छ । यसले कर्णालीप्रति राज्यको उपेक्षालाई दर्शाउँछ । 

निर्देशक सुनार स्वयंको कथा रहेको फिल्ममा सुरज पण्डितको संगीत तथा निसाल पौडेलको छायांकन रहनेछ । पोस्टर डिजाइन राकेश दाहालले गरेका हुन् । कस्तुरी प्रोडक्सन र रेड अम्ब्रेला इन्टरटेन्मेन्टको सहकार्यमा बन्ने फिल्मका कार्यकारी निर्माता नगेन्द्र घिमिरे हुन् । यस वर्षको अन्त्यतिर छायांकन गरेर आगामी वर्ष फिल्म रिलिज गर्ने योजनामा निर्माण पक्ष रहेको छ ।

फिल्मले सामान्य नागरिकको संघर्ष, श्रीमान्–श्रीमतीबीचको सम्बन्ध, र राजनीतिक बेवास्तालाई कथानकको मूल विषय बनाउने निर्देशक सुनारले बताए । उनका अनुसार कर्णालीका सडक अभाव, उपचारको कठिनाइ, विकास योजनामा देखिने हस्तक्षेप र राज्यको नजरअन्दाज जस्ता विषय फिल्मको मुख्य कथा हो । फिल्ममा कलाकारहरु भने तय भएका छैनन् ।