Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

२१ वर्षपछि फेरि ‘सुख दुःख’ गर्दै मिथिला शर्मा

फिल्मीखबर, काठमाडौं, 2025/07/28

mithila sharma

 

स्वर्गीय निर्देशक शिव रेग्मीको कालजयी फिल्ममध्ये एक मानिन्छ, ‘सुख दुःख’ । २०६१ सालमा प्रदर्शन भएको यो फिल्ममा मदनकृष्ण श्रेष्ठ, मिथिला शर्मा, स्व. श्रीकृष्ण श्रेष्ठ, स्व. केशव भट्टराई, झरना थापाको मुख्य भूमिका थियो । अब २१ वर्षपछि उक्त नाममा एकपटक फेरि फिल्म बन्दैछ । अभिनेत्री नीता ढुंगाना (अधिकारी)ले आफ्नो निर्देशनमा ‘सुख दुःख’ बनाउन लागेकी हुन् । 

संयोग कस्तो जुरेको छ भने यो फिल्ममा पनि मिथिला शर्मालाई देख्न पाइने भएको छ । उनीसँग नीताले आइतबार कागजी सम्झौता गरेकी हुन् । फिल्ममा मिथिला अनुबन्ध भएपछि नीताले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘फिल्ममा हजुरलाई सहभागी गराउन पाउँदा यो मन धेरै नै उत्साहित छ । सायद हजुर बिना यो फिल्म अपूरो हुन्थ्यो ।’

‘परदेश’, ‘ताल’, ‘कहो ना प्यार है’, ‘हम आपके दिल में रहते हैं’, ‘बनवास’ जस्ता भारतीय फिल्मका छायाँकार कवीरलाल र शाहिदलालको डीओपी रहने फिल्ममा मिथिलाबाहेक अरु कलाकार भने तय भएका छैनन् । नीताले मुख्य कलाकारको बारेमा केही सातापछि जानकारी दिने बताइन् । फिल्मको निर्माण व्यवस्थापनको जिम्मा शंकर पाण्डेलाई दिइएको छ । 

‘नीता फिल्म्स’को ब्यानरमा निर्माण हुन लागेको यो फिल्म आगामी वर्ष (२०८३)को दशैंमा प्रदर्शन गर्ने योजनामा निर्माण पक्षको रहेको छ । ‘सुख दुःख’पछि नीता आफ्नो होम प्रोडक्सनको अर्को फिल्म ‘पार्वती’को तयारीमा जुट्नेछिन्, जसको निर्देशन उनी आफैंले गर्दैछिन् । यसरी हेर्दा उनी अब अभिनयभन्दा मेकिङमा बढी केन्द्रित हुन थालेको देखिन्छ ।