Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अष्ट्रेलियाका दुई सहरमा ‘पीआर’को प्रिमियर हुने

फिल्मीखबर, काठमाडौं, 2025/07/27

pr movie

 

अष्ट्रेलियन पीआर (स्थायी बसोबास अनुमति)का लागि नेपाली विद्यार्थीहरुले गर्ने संघर्षको कथामा आधारित भएर बनेको फिल्म ‘पीआर’को अष्ट्रेलियाका दुई सहरमा प्रिमियर गरिने भएको छ । निर्माण पक्षले आगामी अगस्टमा सिड्नी र न्यू क्यासल सहरमा फिल्मको रेड कार्पेट प्रिमियर आयोजना गर्न लागेको हो । 

फिल्मको पहिलो प्रिमियर ९ अगस्टमा सिड्नीको हर्सफिलस्थित इभेन्ट सिनेमाका दुई हलमा हुनेछ भने दोस्रो प्रिमियर १२ अगस्टमा न्यू क्यासलको रिडिङ सिनेमाका दुई हलमा आयोजना गरिने निर्माण पक्षले जनाएको छ । आरएफएम फ्यासिलिटी म्यानेजमेन्टका रञ्जित शाह र करियर गेटवे अष्ट्रेलियाका सन्तोष तिवारीको प्रस्तुतिमा फिल्मको अष्ट्रेलियामा प्रिमियर हुन लागेको हो ।

शोभित बस्नेतको निर्देशनमा बनेको फिल्ममा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, दिक्पाल कार्की, उत्तम केसी, आर.ए. सुरज पौडेल, राजन कुँवर, विनिता कार्की, पूजा चौधरी, बिमला खत्री, आस्मा अधिकारी, गणेश बुढाथोकी, कृष्ण थापा, म्याक्स, मस्तानी, नवीन घायल लगायतको अभिनय रहेको छ । फिल्मको गत महिना टिजर सार्वजनिक भइसकेको छ । 

‘पीआर’को निर्मातामा ए वान ग्रुप सर्भिसका प्रदीप दाहाल र इन्द्रेणी ग्रुपका लक्ष्मण सापकोटा रहेका छन् । कथा निर्देशक बस्नेत स्वयंको हो भने पटकथा र संवाद गणेश बुढाथोकीले तयार पारेका हुन् । फिल्ममा सौरभ सायमी (अष्ट्रेलिया) र सौरभ लामा (नेपाल)को छायांकन, बन्दे प्रसादको सम्पादन तथा मानस राज र भीम बीसीको संगीत रहेको छ ।