Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दीपेन्द्रले सुरु गरे बायोपिक फिल्म ‘क्याप्टेन साब’को छायांकन

फिल्मीखबर, काठमाडौं, 2025/07/26

captain sab-4

 

क्याप्टेन तथा सञ्चार उद्यमी रामेश्वर थापाको जीवनकथामा आधारित फिल्म ‘क्याप्टेन साब’को छायांकन सुरु गरिएको छ । शनिबार काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिका ढुंखर्कबाट फिल्मका लागि दृश्य खिच्न थालिएको हो । एक महिनाको सेड्युलमा काभ्रेसँगै काठमाडौं, चितवन, र वीरगञ्जमा फिल्मको छायांकन गरिने निर्देशक दीपेन्द्र के. खनालले जानकारी दिए । 

यो फिल्ममा खगेन्द्र लामिछाने, सुरक्षा पन्त र सञ्जोग रसाइली मुख्य भूमिकामा छन् । खगेन्द्रले क्याप्टेन थापाको भूमिका निर्वाह गर्ने जनाइएको छ । दीपेन्द्रले यसअघि ‘धनपति’मा खगेन्द्र र सुरक्षालाई मुख्य भूमिकामा लिएका थिए । त्यसयता एउटै फिल्ममा यी तीन जनाको यो पहिलो पटक सहकार्य हो ।

पटकथा प्रोडक्सन र यार्सा स्टुडियोको संयुक्त प्रस्तुति रहेको फिल्मको निर्माणमा रिच इन्टरटेन्मेन्टले सहकार्य गरेको छ । फिल्ममा निर्देशक खनाल, करण श्रेष्ठ र श्रृष्टिमा खनाल निर्मातामा छन् भने कार्यकारी निर्माता सिर्जना नापित हुन् । 

क्याप्टेन थापाको संस्मरणात्मक कृति ‘इन्टो द फायर’ (बारुदमाथि उड्दा)मा आधारित भएर बन्न लागेको फिल्ममा निर्देशक खनाल स्वयंको लेखन छ । खनालले ‘क्याप्टेन साब’ एक फरक खालको फिल्म हुने बताए । क्याप्टेन थापाको जीवनका उतारचढावसँगै सिनेम्याटिक लिबर्टी लिएर पूर्ण मनोरञ्जनात्मक फिल्म बनाइने उनको भनाइ छ ।