Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘द ब्लू लाइट’ मंसिर १२ गते रिलिज हुने, टिजरमा डर र त्रासको कथा

फिल्मीखबर, काठमाडौं, 2025/07/26

The BLUE LIGHT

 

बलिराम चौहानको निर्देशनमा तयार भएको फिल्म ‘द ब्लू लाइट’ धान्यपूर्णिमाको छेको पारेर आगामी मंसिर १२ गतेबाट प्रदर्शनमा आउने भएको छ । फिल्मकी मुख्य अभिनेत्री तथा कार्यकारी निर्माता बेनिशा हमालको जन्मदिनको अवसर पारेर शनिबार निर्माण पक्षले फर्स्टलुक टिजर सार्वजनिक गर्दै प्रदर्शन मितिबारे जानकारी गराएको हो । 

टिजरमा डर र त्रासको कथा छ । आफ्नो बुबाको मृत्यु भएको सपना देखेर डराएकी छोरी र उनलाई डरबाट मुक्त गर्न बुबाले सम्झाइरहेको दृश्यबाट टिजर सुरु हुन्छ । त्यसपछि अभिनेत्री सृष्टि श्रेष्ठले रिसाहा भावमा सानो बन्चरोले ढोका फोडेको देखिन्छ । ढोका पछाडि बेनिशा डराएको भावमा चित्रित छिन् । टिजरले फिल्म साइकोलोजिकल थ्रिलर भएको पुष्टि गर्छ ।

निर्देशक चौहान स्वयंको निर्माण तथा लेखन रहेको फिल्ममा बेनिशा र सृष्टिसहित अर्पण थापा, महेश त्रिपाठी, आयुष्मान देशराज जोशी, सुरक्षा इटानीको अभिनय छ भने बाल कलाकारमा ग्रिसमा कटुवाल र सहारा शर्मा छन् । स्काइफल पिक्चर्सको प्रस्तुति रहेको फिल्मका सह-निर्माता भोलानाथ कटुवाल र रमन ग्रे हुन् । 

नरेन्द्र मैनालीको छायांकन रहेको फिल्ममा मैनाली र बेनिशा कार्यकारी निर्मातामा छन् । यसमा लोकेश बज्रचार्यको सम्पादन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, एसडी योगीको संगीत, मोहक श्रेष्ठ र सन्देश केसीको ब्याकग्राउन्ड स्कोर, नवीन श्रेष्ठको साउन्ड तथा माधव बेलबासेको रंग संयोजन रहेको छ ।