Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘वार २’को ट्रेलरमा ऋतिक र एनटीआरको भरमार एक्सन

एजेन्सी, काठमाडौं, 2025/07/25

Hrithik Roshan And NTR

 

यशराज फिल्म्सको ‘स्पाई यूनिभर्स’ भारतको सबैभन्दा सफल यूनिभर्समध्ये एक हो । यसको पछिल्ला पाँच स्पाई फिल्मले बक्स अफिसमा ठूलो आँकडा बनाउन सफल भए । अब यो यूनिभर्सलाई अगाडि बढाउन फिल्म ‘वार २’ आएको छ, जसमा बलिउडका ऋतिक रोशन र साउथका जुनियर एनटीआर आमनेसामने भएका छन् । शुक्रबार यो फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ ।

एक्सन दृश्यले भरिएको साढे २ मिनेट लामो ट्रेलरमा आकाशमा प्लेनमाथि फाइटदेखि समुन्द्रमा जहाजमाथि लडाईंसम्म, धमाकेदार ब्लास्टदेखि कार धुजाधुजा भएर उडेको दृश्यसम्म देख्न सकिन्छ । यसमा सस्पेन्सले भरिएको कथा पनि छ र रोमान्स र इमोसन पनि छ । ट्रेलर हेर्दा फिल्म बदलाको कथामा बनेको देखिन्छ । ऋतिक र एनटीआर एकअर्काको दुश्मनको रुपमा देखिएका छन् ।

अयान मुखर्जीको निर्देशनमा बनेको फिल्ममा ऋतिकको अपोजिटमा अभिनेत्री अभिनेत्री कियारा आडवाणी छिन् । ट्रेलरमा उनको एक्सन दृश्य पनि समेटिएको छ । १४ अगस्टमा प्रदर्शन हुन लागेको ‘वार २’ सन् २०१९ को ब्लकबस्टर फिल्म ‘वार’को सिक्वेल हो । यसमा ऋतिक र टाइगर श्राफ मुख्य भूमिकामा थिए । सिक्वेलमा भने टाइगरको फोटो मात्र छ ।

चार सय करोड भारुमा निर्माण भएको ‘वार २’मा आशुतोष राणा, अनिल कपूर, दिशिता सहगल लगायतले पनि अभिनय गरेका छन् । चर्चा अनुसार फिल्ममा आलिया भट्ट र शर्वरी वाघको केमियो रहेको छ । उनीहरु यशराज फिल्म्सको अर्को ‘स्पाई यूनिभर्स’ फिल्म ‘अल्फा’को सिलसिलामा पोस्ट-क्रेडिट सिनमा देखिने जनाइएको छ ।