Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘सैयारा’ले बनायो ८ रेकर्ड, व्यापार ३ सय करोड कट्ला ?

एजेन्सी, काठमाडौं, 2025/07/24

Saiyaara

 

यतिबेला भारतमा कुनै फिल्मको सर्वाधिक चर्चा छ भने त्यो ‘सैयारा’को हो । कारण, फिल्मले गरेको अविश्वसनीय व्यापार । नयाँ कलाकारलाई लिएर बनेको यो फिल्मले प्रदर्शनको ६ दिनमा भारतीय बक्स अफिसमा १५० करोड कमाइसकेको छ । फिल्मको व्यापारिक रफ्तार हेर्दा ३ सय करोड सजिलै पार हुने देखिन्छ । जबकि, यो फिल्म भारु ४५ करोडको लागतमा निर्माण भएको हो ।

६ दिनमा डेढ सय करोडसहित सन् २०२५ को सर्वाधिक कमाइ गर्ने फिल्मको पाँचौं नम्बरमा आफ्नो स्थान सुरक्षित गरिसकेको फिल्मले सलमान खानको ‘सिकन्दर’, अक्षय कुमारको ‘स्काइ फोर्स’ र ‘केशरी च्याप्टर २’, सनी देओलको ‘जाट’ र राजकुमार रावको ‘भूल चूक माफ’को ‘लाइफटाइम कलेक्सन’लाई उछिनिसकेको छ । यसबाहेक ‘सैयारा’ले आठवटा नयाँ रेकर्ड समेत बनाएको छ ।

यो फिल्मको नाममा बनेको पहिलो रेकर्ड हो, कुनै पनि नयाँ कलाकारको फिल्मले गरेको सबैभन्दा ठूलो ओपनिङ । यो फिल्मले लगभग २२ करोडको ओपनिङ गरेको थियो । एड्भान्स बुकिङबाट मात्रै फिल्मले ९ करोडमाथि कमाएको थियो । यसले सन् २०१८ मा प्रदर्शन भएको जान्ह्वी कपूर र इशान खट्टरको डेब्यु फिल्म ‘धडक’ (८ करोड ७६ लाख)को ओपनिङ रेकर्ड तोडेको हो ।

दोस्रो रेकर्ड छ, सन् २००० पछि डेब्यु कलाकारको फिल्मका लागि सबैभन्दा ठूलो ‘ओपनिङ डे’ टिकट बिक्री । प्रि-बुकिङमा फिल्मको ३ लाख बढी टिकट बिक्री भएको थियो । ‘सैयारा’को तेस्रो रेकर्ड भने निर्देशक मोहित सूरीबाट बनेको छ । यो उनको करिअरको सबैभन्दा ठूलो ओपनिङ गर्ने फिल्म हो । यसअघि उनले ‘आशिकी २’, ‘एक भिलेन’ जस्ता फिल्म निर्देशन गरेका थिए ।

‘सैयारा’ले ११.९ मिलियन डलरसहित विकेन्डमा विश्वव्यापी सर्वाधिक कमाउने नवौं हिन्दी फिल्म बन्नु, सर्वाधिक कमाइ गर्ने वर्षको ‘टप फाइभ’ फिल्मको सूचीमा पर्नु, कुनै हिन्दी लभस्टोरी फिल्मका लागि सबैभन्दा ठूलो ओपनिङ मिल्नु, ३ दिनमा ‘रेड २’, ‘सितारे जमीन पर’ जस्ता ठूला फिल्मलाई व्यापारमा उछिन्नु, नयाँ कलाकारको फिल्मले १८ हजार शो पाउनुजस्ता रेकर्ड पनि बनाएको छ ।