Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘लाहुरेको जुत्ता’ बनाउँदै नवीन सुब्बा

फिल्मीखबर, काठमाडौं, 2025/07/23

nabin subba

 

यस्तो लाग्छ, नेपाली निर्माताहरूबीच ‘जुत्ता’ नाम राखेर फिल्म बनाउने होड चलिरहेको छ । निर्देशक निकेश खड्काले २०७४ सालमा ‘फाटेको जुत्ता’ बनाएका थिए । यसपालिको दशैंमा दीपेन्द्र के. खनालको निर्देशनमा बनेको फिल्म ‘हरिबहादुरको जुत्ता’ प्रदर्शन हुँदैछ । अब ‘लाहुरेको जुत्ता’ नाममा नयाँ फिल्म बन्ने भएको छ । यो फिल्म निर्देशक नवीन सुब्बाले बनाउन लागेका हुन् ।

आगामी असोजपछि छायांकनको तयारी गरिएको फिल्मका लागि लिम्बू पृष्ठभूमिका कलाकार छनोट गर्न केही दिनअघि पहिलो चरणको अडिसन राखिएको थियो । जहाँ एक सयभन्दा बढीले आफ्नो अभिनय कौशल प्रदर्शन गरेको निर्माण कम्पनी मेन्छयायेम पिक्चर्सले एक विज्ञप्तिमार्फत जनाएको छ । ४० को दशकको पहाडी लिम्बू गाउँको कथामा फिल्म आधारित रहने जनाइएको छ ।

‘नुमाफुङ’ जस्तो कालजयी फिल्म बनाएका निर्देशक सुब्बाले गत वर्ष प्रदर्शन भएको ‘गाउँ आएको बाटो’बाट ७ वर्षपछि निर्देशनमा पुनरागमन गरेका थिए । बुसान, टोरोन्टो जस्ता विश्वका २० बढी प्रतिष्ठित महोत्सव घुमेको यो फिल्मले घरेलु बक्स अफिसमा औसत व्यापार गरेको थियो । अब वर्षेनि फिल्म बनाउने सोचमा रहेका सुब्बाको ‘लाहुरेको जुत्ता’ निर्देशकीय हिसाबले पाँचौं फिल्म हुनेछ ।