Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘होस्टेल ३’की सिम्रन ‘आ बाट आमा’मा पलको जोडी बन्दै

फिल्मीखबर, काठमाडौं, 2025/07/22

simran panta

 

गत वर्षको सुपरहिट फिल्म ‘होस्टेल ३’बाट अभिनेत्रीको रुपमा डेब्यु गरेकी सिम्रन पन्त अब नयाँ फिल्म ‘आ बाट आमा’मा देखिने भएकी छिन् । उनलाई निर्माताले सोमबार फिल्ममा अनुबन्धित गरेका हुन् । यसमा उनको जोडी अभिनेता पल शाहसँग बाँधिनेछ ।

‘टिकटक स्टार’को रुपमा चिनिएकी सिम्रनलाई झन्डै साढे ६ लाखले टिकटकमा पछ्याउने गरेका छन् । उनका थुप्रै भिडियो लाखौं पटक हेरिएका छन् । टिकटकले दिलाएको ख्यातिकै कारण उनले ‘होस्टेल ३’बाट फिल्ममा डेब्युको अवसर पाएकी थिइन् । यसको सफलतापछि अहिले फिल्ममा उनको माग बढेको छ ।

द्वन्द्व निर्देशकको रुपमा चिनिएका चन्द्र पन्तको निर्देशनमा बन्न लागेको ‘आ बाट आमा’मा पल र सिम्रनसहित अभिनेत्री विपना थापा र साउथ फिल्मका चर्चित अभिनेता प्रदीप रावतको पनि अभिनय रहनेछ । यसमा विपना र प्रदीपले पलको आमा-बुबाको भूमिका निभाउनेछन् । प्रदीपले यसअघि चन्द्रको अघिल्लो फिल्म ‘ह्रस्व दीर्घ’मा पनि काम गरेका थिए ।

आर्या इन्टरटेन्टमेन्टको प्रस्तुति रहने यो फिल्म आउँदो भदौबाट छायांकनमा जाने तयारीमा छ । फिल्मले आमा र छोराबीचको भावनात्मक सम्बन्धको कथा भन्ने जनाइएको छ । आगामी फागुन १५ गतेलाई फिल्मको प्रदर्शन मिति घोषणा भइसकेको छ ।