Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘सिटामोल’को मर्मस्पर्शी गीत ‘मुटुभित्र खिल छ हजुर’ रिलिज

फिल्मीखबर, काठमाडौं, 2025/07/16

Saugat Malla And Benisha Hamal

 

मुटु फुटी मन भाँची झर्छु होला म,
तिम्रो बाटो कुर्दा कुर्दै मर्छु होला म !


माथिको हरफ फिल्म ‘सिटामोल’मा समावेश गीतको हो । दुई साताअघि सार्वजनिक फिल्मको टिजरमा गीतको उक्त अंश समेटिएको थियो । त्यसमा सयौं टिकटक र रिल्स बने । दर्शकले सानो अंश नै अत्याधिक रुचाएपछि बुधबार निर्माण टिमले पूरा गीत सार्वजनिक गरेको छ । संगीतकार बाबुल गिरीको संगीत तथा स्वर रहेको गीतको शब्द गोविन्द भट्टले लेखेका हुन् । 

पर्खाइ र पीडाको भाव मिश्रित गीतको भिडियोमा फिल्मका मुख्य जोडी सौगात मल्ल र बेनिशा हमालबीचको प्रेमदेखि सम्बन्धमा दरार आएपछि एकअर्काबाट अलग हुँदाको पीडादायी अवस्थालाई मर्मस्पर्शी ढंगले देखाइएको छ । घर छोडेर गएकी बेनिशालाई पर्खेर बसेका सौगात र उनलाई सम्झिँदै रोइरहेकी बेनिशाको दृश्यले भिडियोलाई जीवन्त बनाएको छ । 

राजबहादुर सानेको निर्देशनमा बनेको फिल्ममा सौगात र बेनिशासहित श्री कृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, पवन भट्टराई, काजल भुजेल, बाल कलाकारहरु करण नेपाली, आराध्या राज्यलक्ष्मी डिसी लगायतको अभिनय छ । फिल्ममा निर्देशक साने र प्रदीप भारद्वाजको लेखन रहेको छ । 

सिमोस सुनुवार प्रस्तुतकर्ता रहेको फिल्मका निर्माताहरु भुगोल कुमार कार्की र विकासराज जोशी हुन् भने अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता तथा गंगाराम श्रेष्ठ सह-निर्मातामा छन् । फिल्ममा दिव्य सुवेदीको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन तथा देव महर्जन र शंकर महर्जनको द्वन्द्व निर्देशन रहेको छ ।