Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘चमेलीको पोइ’ चैत १३ गते प्रदर्शन हुने, यस्तो बन्यो पोस्टर

फिल्मीखबर, काठमाडौं, 2025/07/16

chameliko poi (1)

 

एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘चमेलीको पोइ’ राम नवमीको दिन पारेर आगामी चैत १३ गतेबाट प्रदर्शनमा आउने भएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमका बीच फिल्मको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मितिबारे जानकारी गराइएको हो । 

सार्वजनिक तीनवटा पोस्टरको केन्द्रमा फिल्मका मुख्य जोडी सुरक्षा पन्त र मुकुन भुषाललाई देख्न सकिन्छ । एउटामा सुरक्षाले मुकुनको दुवै खुट्टा समातेर घिसारिरहेकी छन् भने दोस्रोमा मुकुन हातमा गुलाबको फूल र सानो ठेकी लिएर सुरक्षाको साथमा उभिएका छन् । सुरक्षाले भने काँधमा बन्दुक भिरेकी छन् । उनी हर्षित भावमा देखिन्छिन् ।

त्यस्तै, तेस्रो पोस्टरमा मुकुनले सुरक्षाको खुट्टा मिचिरहेका छन् । यसमा उनीहरुसहित विल्सन विक्रम राई, नारायण त्रिपाठी, रविन्द्र झा, बबिन राई लगायतका कलाकारहरु पनि चित्रित छन् । तीनवटै पोस्टर हेर्दा फिल्म सामाजिक कमेडी कथावस्तुमा बनेको देखिन्छ । मुकुनले पीडित पतिको भूमिका निभाएको हुनसक्ने अनुमान पोस्टरबाट लगाउन सकिन्छ ।

 

chameliko poi


सुनिता सापकोटा र राम नारायण उपाध्याय निर्माता रहेको फिल्ममा अंशु महर्जन, गणेश गौतम, उमेश राई, प्रेम देव गिरी, रजनी गुरुङ, खड्गबहादुर पुन मगर (खबपु), कपिल आचार्य, सुनिता सापकोटा, राम नारायण उपाध्याय लगायतले पनि अभिनय गरेका छन् । फिल्मका कार्यकारी निर्माता उदय विक्रम राणा र रितु मल्ल ठकुरी हुन् । यसमा शेरबहादुर तामाङको छायांकन रहेको छ ।