Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘जनै हराएको मान्छे’को टिजरमा कोरिया जाने सपनाको कथा

फिल्मीखबर, काठमाडौं, 2025/07/15

Bijay Baral

 

कीर्तिमानी फिल्म ‘पूर्ण बहादुरको सारंगी’का अभिनेता विजय बरालले मुख्य भूमिकामा अभिनय गरेको दोस्रो फिल्म ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’को टिजर सार्वजनिक गरिएको छ । २ मिनेट लामो टिजरमा कोरिया जाने सपना बोकेर काठमाडौं आएका एक पात्रको संघर्षलाई देखाइएको छ । टिजरभरि विजय छाएका छन् । उनकै पात्रको वरिपरि टिजरले फन्को पारेको छ ।

विवाहको दृश्यसँगै सुरु हुने टिजरमा फिल्मका मुख्य पात्र विजय बरालको कोरिया सपना केन्द्रमा छ । बुबालाई मनाएर कोरिया जान गाउँबाट काठमाडौं निस्किएपछि उनलाई आफ्नै गाउँलेले गरेको ठगी, काठमाडौंमा बाँच्न गर्नुपरेको दुःख र सपना पूरा नहुँदाको पीडालाई टिजरमा मर्मस्पर्शी रुपमा देखाइएको छ । यही मेसोमा बस्ने प्रेम पनि टिजरमा देख्न सकिन्छ ।

हिमाल न्यौपानेको निर्देशनमा तयार भएको फिल्ममा विजयसहित केकी अधिकारी, मिरुना मगर, भोलाराज सापकोटा, सुशांक मैनाली, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापा लगायतको अभिनय रहेको छ । आगमी भदौ ६ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्मका असोसियट निर्देशक मनिष राउत हुन् ।

पेपरक्लिपको ब्यानरमा निर्माण भएको फिल्ममा कमल न्यौपाने र विमल न्यौपाने निर्मातामा छन् भने कार्यकारी निर्माताहरु नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन हुन् । फिल्ममा नवीन गुरुङको डीओपी, कृष्ण परियारको सिनेमेटोग्राफी, भानुभक्त ढकालको लेखन तथा भरत रेग्मी र मदन घिमिरेको सम्पादन रहेको छ ।