Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘अभिमन्यु’ पोस्टर : कारागार अगाडि कामेश्वरको चिच्याहट

फिल्मीखबर, काठमाडौं, 2025/07/14

abhimanyu


आगामी भदौ २७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘अभिमन्यु’का मुख्य अभिनेता कामेश्वर चौरासियाको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । नीलो रंगमा तयार पारिएको पोस्टरमा कामेश्वर विराटनगर जिल्ला कारागार अगाडि चिच्याएको अवस्थामा प्रस्तुत छन् । उनी कारागारबाट मुक्त भएपछि खुसीले चिच्याएको हुनसक्ने अनुमान पोस्टरबाट लगाउन सकिन्छ । 

कीर्तिमानी फिल्म ‘पूर्णबहादुरको सारङ्गी’का निर्माता विनोद पौडेलको निर्माण रहेको फिल्ममा कामेश्वरसहित सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देवा शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, सुष्मा निरौला लगायतको अभिनय छ । यो फिल्म नेपाली र हिन्दी भाषामा रिलिज हुनेछ । असोज ६ गतेलाई हिन्दी भर्सनको प्रदर्शन मिति तय गरिएको छ । 

सुशान्त गौतमको निर्देशनमा बनेको फिल्ममा मुकेश खनालको लेखन, शरद महतोको डीओपी तथा मदन घिमिरे सम्पादन रहेको छ । फिल्मको निर्माणमा विनोदलाई गुञ्जन गिरीले सघाएकी छन् । सह-निर्मातामा रमेश चौलागाई र हरि श्रेष्ठ रहेका छन् । पैसाको प्रलोभनले चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने व्यक्तिको संघर्षको कथामा फिल्म बनेको जनाइएको छ ।