Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मिलनको ‘सुम्निमा’मा उपासनाको जोडी बन्दै कुन्साङ

फिल्मीखबर, काठमाडौं, 2025/07/14

kunsang bomjan

 

गत वर्षको सुपरहिट फिल्म ‘अञ्जिला’का निर्देशक मिलन चाम्सले आफ्नो नयाँ फिल्म ‘सुम्निमा’मा अभिनेत्री उपासना सिंह ठकुरीको जोडी मोडल तथा अभिनेता कुन्साङ बमजनसँग बाँध्ने भएका छन् । आइतबार उनले कुन्साङलाई फिल्ममा अनुबन्धित गरेका हुन्  । उपासना भने गत बैशाखमा नै फिल्ममा अनुबन्ध भएकी थिइन् । कुन्साङ र उपासनाबीच पहिलोपटक सहकार्य हुन लागेको हो ।

कुन्साङले मिलन चाम्सको फिल्ममा काम गर्न पाउनु आफ्नो लागि गर्वको कुरा रहेको बताएका छन् । फिल्मको पात्रलाई न्याय गर्न आफूले कुनै कसर नछाड्ने उनको अठोट छ । अभिनयको हिसाबले ‘सुम्निमा’ उनको दोस्रो फिल्म हुनेछ । गत वर्ष प्रदर्शन भएको फिल्म ‘दान्भी’बाट डेब्यु गरेका उनले दुई दर्जन बढी म्यूजिक भिडियोमा समेत काम गरेका छन् । उनी मोडलिङ पृष्ठभूमिका हुन् ।

गोर्खा फिल्म्स र चाम्स इन्टरटेन्मेन्टको संयुक्त लगानीमा निर्माण हुन लागेको यो फिल्म प्रेमकथामा आधारित हुने जनाइएको छ । राजीव थापाको लेखन रहेको फिल्मको आगामी अगस्टमा लण्डन र नेपालमा छायांकन हुने बताइएको छ । निर्देशक चाम्सका अनुसार ‘यूनिभर्सल’ कथा र अन्तर्राष्ट्रिय बजारलाई ध्यानमा राख्दै ‘सुम्निमा’ बनाइनेछ । उनको यो ११ औं निर्देशकीय फिल्म हुनेछ ।