Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

धीरज र मिरुनापछि ‘मैझारो’मा दीयाको प्रवेश

फिल्मीखबर, काठमाडौं, 2025/07/13

Deeya Pun

 

‘तक्मे बुढा’को रुपमा परिचित कलाकार विल्सन विक्रम राईले आफ्नो निर्माण तथा निर्देशनमा बन्न लागेको फिल्म ‘मैझारो’मा कलाकारको लाइनअप बलियो बनाएका छन् । गत साता फिल्मको घोषणा गरेयता उनले धीरज मगर, मिरुना मगर, सुनिल थापा, पुष्कर गुरुङलाई अनुबन्धित गरिसकेका छन् । 

अब अर्की अभिनेत्री दीया पुनको फिल्ममा प्रवेश भएको छ । शनिबार निर्देशक राईले उनलाई औपचारिक रुपमा अनुबन्ध गरेका हुन् । ‘वीर विक्रम’बाट अभिनेत्रीको रुपमा डेब्यु गरेकी दीयाको पछिल्लो फिल्म ‘दयारानी बक्स अफिसमा हिट भएको थियो । ‘मिस्टर झोले’, ‘मन्त्र’ जस्ता फिल्ममा पनि काम गरेकी उनको नयाँ फिल्म ‘एक्लो’ आगामी पुषमा रिलिज हुँदैछ ।

तक्मे प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको ‘मैझारो’ पूर्वी पहाडको जीवनशैली, संस्कृति र सामाजिक यथार्थतामा आधारित भएर बन्ने जनाइएको छ । आगामी साउन पहिलो साताबाट छायांकन सुरु हुने भनिएको फिल्मलाई पूर्वी जिल्ला इलाम र पाँचथरका रमणीय स्थानहरूमा खिचिनेछ ।

सौरभ लामाले छायांकन गर्ने फिल्ममा संगीत अनमोल गुरुङ र तोरेम्पा हाङ राईले दिनेछन् भने गीतमा राजेश पायल राई, अस्मिता अधिकारी, झुमा लिम्बू र अनमोल गुरुङको स्वर रहनेछ । फिल्ममा निर्देशक राई स्वयंको लेखन रहेको छ ।