Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अभिषेकलाई लिएर हिन्दीमा ‘९६’ बनाउन चाहन्थे निर्देशक कुमार

एजेन्सी, काठमाडौं, 2025/07/12

 movie 96

 

तमिलको एउटा उम्दा फिल्म मानिन्छ, ‘९६’ । सन् २०१८ मा रिलिज भएको यो फिल्मले त्यसबेला २० बढी अवार्ड जितेको थियो । यो इन्टरनेट मुभी डेटा बेस (आईएमडीबी)मा उच्च रेटिङ पाउने तमिल फिल्म समेत हो । १० मा ८.५ रेटिङ पाएको फिल्ममा दुई दशकपछि भेटिएका राम र जानु पात्रको सम्बन्धलाई सुन्दर तरिकाले देखाइएको छ । यस फिल्मका निर्देशक सी. प्रेम कुमार हुन् ।

सुरुमा ‘९६’लाई तमिल भाषामा बनाउने निर्देशक कुमारको कुनै योजना थिएन । उनी यो फिल्म हिन्दी भाषामा बनाउन चाहन्थे । कथा पनि हिन्दीमै लेखिएको थियो । फिल्ममा अभिषेक बच्चनलाई मुख्य भूमिका लिने उनको योजना थियो । तर, बलिउडसम्म आफ्नो पहुँच नहुँदा उनले अभिनेता विजय सेतुपतिलाई लिएर तमिल भाषामा फिल्म बनाए, जुन बक्स अफिसमा ब्लकबस्टर भयो ।

‘९६’लाई हिन्दीमा बनाउने सपना पूरा नभए पनि अब निर्देशक कुमार हिन्दी भाषामा नयाँ फिल्म बनाउने तयारीमा जुटेका छन् । भन्छन्, ‘म अहिले नयाँ फिल्मको स्क्रिप्टमा काम गरिरहेको छु, त्यो हिन्दी भाषामा बन्नेछ ।’ यसपटक उनी ठूला स्टारलाई फिल्म अप्रोच गर्ने योजनामा छन् । उनलाई आफ्नो अघिल्लो सुपरहिट फिल्म ‘मेय्याझगन’लाई पनि हिन्दी भाषामा बनाउने ठूलो इच्छा छ ।

उनी हिन्दी फिल्मप्रति आफ्नो रुचि हुनुको कारण दर्शकको विविधतालाई मान्छन् । बलिउडको सबैभन्दा ठूलो शक्ति नै यसको अडियन्स रहेको उनको भनाइ छ । भन्छन्, ‘यदि तपाईं तमिल फिल्म बनाउनुहुन्छ भने त्यो तमिलनाडुमा सीमित हुन्छ । तर, हिन्दी फिल्म धेरै राज्यमा पुग्छ । स्क्रिप्टको लोकेसन बदलिने वितिक्कै त्यसको रंग-रुप पनि बदलिन्छ । यो हिन्दी फिल्मको विशेषता हो ।’