Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अशोक दर्जीको ‘मन बिनाको धन’ कात्तिक २१ गते रिलिज हुने

फिल्मीखबर, काठमाडौं, 2025/07/11

man bina ko dhan

 

गायक अशोक दर्जीले मुख्य भूमिकामा अभिनय गरेको फिल्म ‘मन बिनाको धन’ आगामी कात्तिक २१ गतेबाट प्रदर्शनमा आउने भएको छ । बिहीबार फिल्मकी निर्मात्री बिष्णुमाया मैनाली र वितरक कम्पनीहरूबीच भएको सम्झौतापछि फिल्मलाई उक्त मितिमा प्रदर्शन गर्ने निधो गरिएको हो । नेपालभित्र फिल्मलाई एप्पल इन्टरटेन्मेन्ट, रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्नेछन् ।

गायक तथा संगीतकार टंक बुढाथोकीको निर्देशनमा बनेको यो फिल्ममा अशोकसहित सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्दि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा ,पार्वती अधिकारी, उत्सव सापकोटा, शंकर श्रेष्ठ, प्रियंका झा, बिना राउत लगायतको अभिनय रहेको छ । यसमा शिवम् अधिकारीको पटकथा तथा संवाद लेखन छ ।

टंक बुढाथोकी प्रोडक्सनको ब्यानरमा बनेको फिल्मको निर्मातामा बिष्णुमाया मैनाली छिन् भने सह-निर्माताहरु जीपी संग्रौला, विवेक नेपाल र विजया पाण्डे हुन् । कार्यकारी निर्मातामा सपना शर्मा रहेकी छिन् । फिल्ममा टंक स्वयंको संगीत, सौरभ लामाको छायांकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी र मित्र डि. गुरुङको सम्पादन छ ।

‘मन बिनाको धन’ अशोकले गाएको पहिलो गीत हो । यसले उनको जीवन नै परिवर्तन गरेको थियो । सात वर्ष अगाडि रिलिज भएको यो गीतलाई युट्युबमा झन्डै तीन करोडले हेरिसकेका छन् । बाल्यकालदेखि नै संगीतकार बुढाथोकीको संरक्षणमा रहेका उनी यतिबेला काठमाडौंमा कक्षा ९ मा अध्ययनरत छन् । फिल्म ‘मन बिनाको धन’ अशोककै जीवनकथामा बनेको जनाइएको छ ।