Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘यो मन त मेरो नेपाली हो’ प्रिमियर : नेपालीपनले भरिएको कथा

फिल्मीखबर, काठमाडौं, 2025/07/10

yo maan ta mero nepali ho (2)

 

यो महिनाको पहिलो र अन्तिम फिल्मको रुपमा यही शुक्रबारबाट फिल्म ‘यो मन त मेरो नेपाली हो’ प्रदर्शनमा आउने तयारीमा छ । देशभक्ति भावनाको कथावस्तुमा आधारित यो फिल्मको बुधबार काठमाडौंको कमलपोखरीस्थित बिग मुभिजमा प्रिमियर गरियो । फिल्मकर्मीदेखि अन्य क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको प्रिमियरमा अधिकांशले फिल्मको कथावस्तुको प्रशंसा गरेका छन् ।

निर्देशक तुलसी घिमिरेले फिल्मले नेपाली भाषाको संरक्षण तथा प्रवर्द्धन गर्ने प्रयास प्रशंसनीय रहेको बताए । फिल्मले अहिलेको पुस्तालाई नेपाली भाषाप्रति जिम्मेवार बनाउने सन्देश दिएको उनको भनाइ छ । कलाकार राजाराम पौडेलले नेपालीपनले भरिएको कथा र नेपाली भाषाको महत्त्व बुझाउने प्रयासका कारण ‘यो मन त मेरो नेपाली हो’ सम्पूर्ण नेपालीले हेर्नै पर्ने फिल्म भएको बताए ।

निर्देशक अशोक शर्माले देशभक्ति कथावस्तुमा फिल्म बनाउने आँट गर्नु नै ठूलो कुरा रहेको बताए । उनले फिल्मले दर्शकको मन जित्ने विश्वास व्यक्त गरे । लोकगायिका ज्योति मगरले हरेक नेपालीले हेर्नुपर्ने फिल्म बनेको भन्दै यसको विषयवस्तुको प्रशंसा गरिन् । सञ्चारकर्मी सुशील नेपालले फिल्मको कथावस्तु सान्दर्भिक रहेको बताउँदै यस्ता फिल्मलाई राज्यले पूर्ण कर छुट दिनुपर्ने बताए ।

प्रिमियरमा चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राई, निर्देशकहरू राजेन्द्र सलभ, ऋषि लामिछाने, सशस्त्र प्रहरीका महानिरीक्षक वंशीराज दाहाल, पत्रकार टीकाराम यात्री, गायक बद्री पगेनी, गायिका राधिका हमाल, कलाकार संघका अध्यक्ष मोहन निरौला, निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, पूर्व सभासद महेन्द्र लिम्बू लगायतको पनि उपस्थिति रहेको थियो ।

 

yo maan ta mero nepali ho (2)


मित्र प्रधान (नर)को निर्देशनमा तयार भएको ‘यो मन त मेरो नेपाली हो’मा विजय बराल, रोशन श्रेष्ठ, विल्सन विक्रम राई, बुद्धि तामाङ, आयुषा समाल, नारायण खाती, भुपेन्द्र लिङ्देन, सुवास भण्डारी, विजय सुब्बा, विजिता परियार लगायतले अभिनय गरेका छन् । ज्ञान बहादुर प्रधान (रोशन)को निर्माण रहेको यो फिल्म नेपाली भाषा, कला, संस्कृति बचाउनुपर्ने कथावस्तुमा आधारित छ ।