Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘जदौ’मा मुकुनको जोडी बन्दै ऋचा

फिल्मीखबर, काठमाडौं, 2025/07/09

reeccha sharrma

 

आगामी भदौबाट छायांकनको तयारीमा रहेको फिल्म ‘जदौ’मा यतिबेला कलाकारहरू भित्रिने क्रम जारी छ । अभिनेता मुकुन भुसाल र अभिनेत्री नीति शाह अनुबन्धित भइसकेको फिल्ममा अब अर्की अभिनेत्री ऋचा शर्मा (राणा)को प्रवेश भएको छ । उनले मंगलबार फिल्म सम्झौता गरेकी हुन् । 

यो फिल्ममा ऋचाको जोडी मुकुनसँग बाँधिने जनाइएको छ । उनीहरुबीच पहिलोपटक सहकार्य हुन लागेको हो । ऋचाले नीतिसँग भने फिल्म ‘कोशेढुंगा’मा काम गरिसकेकी छन् । फिल्ममा अझै केही स्थापित कलाकारलाई भित्र्याउने तयारीमा निर्माण पक्ष छ । 

अन्तरजातीय प्रेमकथामा आधारित भएर बन्न लागेको फिल्मलाई कसले निर्देशन गर्नेछन् भन्नेबारे जानकारी गराइएको छैन । यद्यपि, निर्देशकको टुंगो लागिसकेको बताइएको छ । काजी लिम्बूको लेखन रहेको ‘जदौ’को निर्माणमा सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्टले सहकार्य गरेका छन् । 

रामराजा सुवेदी, ओम चेम्जोङ, शान्ता तामाङ र नारायण शास्त्री सह-निर्माता रहेको फिल्ममा बाबुल गिरीको संगीत रहनेछ । दाङ र प्यूठान जिल्लामा छायांकन गर्न लागिएको यो फिल्मलाई यसै वर्ष रिलिज गर्ने लक्ष्य राखिएको छ ।