Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘सिटामोल’ टिजरमा प्रतिक्रिया : ‘अभिनयमा सौगात इरफान खान बराबर’

फिल्मीखबर, काठमाडौं, 2025/07/09

Saugat Malla

 

आगामी साउन २३ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘सिटामोल’को प्रचार सामाग्रीको रुपमा टिजर र एक गीत (झुम्का कानैमा) सार्वजनिक भइसकेको छ । दुई हप्ताको अन्तरालमा रिलिज भएका यी दुवै सामाग्रीले फिल्मको हाइप निर्माणमा ठूलो भूमिका खेलेका छन्। विशेषगरी टिजरले फिल्मप्रति दर्शकमा आशा र अपेक्षा जगाएको छ। युट्युबमा प्राप्त प्रतिक्रियाले पनि त्यो दर्शाउँछ ।

११ लाख भ्यूज पाइसकेको टिजरलाई सकारात्मक प्रतिक्रियाको वर्षा नै छ । प्रायःले सौगात मल्लको अभिनयको प्रशंसा गरेका छन् । कतिले उनलाई दिवंगत बलिउड अभिनेता इरफान खानसँग समेत दाँजेका छन् । टिजरमा समावेश संवाददेखि सौगात मल्ल र बेनिशा हमालको जोडीलाई पनि निकै रुचाइएको छ ।  यसअर्थ टिजरले फिल्मप्रति दर्शकमा उत्सुकता जगाउन सफल भएको छ ।

‘सिटामोल’को गीतलाई पनि युट्युबमा प्रशंसाको ओइरो देखिन्छ । तीन सातामा १० लाख भ्यूज पाइसकेको गीतलाई दर्शकहरुले मौलिक सृजना भन्दै शब्द, संगीत र गायनको प्रशंसा गरेका छन् । टिजर र गीत दुवै रुचाइएपछि निर्माण टिम उत्साहित देखिएको छ । दर्शकको प्रतिक्रियाले अब अन्य गीत र ट्रेलर उत्कृष्ट बनाउनुपर्ने ठूलो चुनौती थपिएको निर्देशक राज बहादुर साने बताउँछन् ।

प्रदीप भारद्वाज र निर्देशक सानेको लेखन रहेको फिल्ममा सौगात र बेनिशासहित श्री कृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, आरआर खड्का, पवन भट्टराई, बाल कलाकारहरु करण परियार, आराध्या राज्यलक्ष्मी डिसीलगायतको अभिनय छ । सिमोस सुनुवारको प्रस्तुतिमा बनेको यो फिल्ममा दिव्य सुवेदीको छायांकन छ ।