Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

केदार र वर्षा फिचर्ड ‘माग्ने राजा’को ‘त्यो मिठो जोवन’ गीत रिलिज

फिल्मीखबर, काठमाडौं, 2025/07/08

Kedar Ghimire, Barsha Siwakoti

 

हरितालिका तीजको छेको पारेर आगामी भदौ ६ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘माग्ने राजा’को पहिलो गीत ‘त्यो मिठो जोवन’ सार्वजनिक गरिएको छ । डान्सिङ नम्बरको उक्त गीतमा दीपक शर्माको शब्द रचना तथा संगीत रहेको छ भने रचना रिमाल र सविन सुवेदीको स्वर सुन्न सकिन्छ । गीतमा प्रेमको भावना पोखिएको छ । 

कविराज गहतराजको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोमा फिल्मका मुख्य जोडी केदार घिमिरे ‘माग्ने बुढा’ र वर्षा सिवाकोटीको नृत्य समेटिएको छ । दुवैलाई प्रेमिल भावमा देख्न सकिन्छ । केदारले रानी बनाउने भन्दै वर्षालाई फकाइरहेका छन् भने वर्षाले मन चोरेर पछि भाग्न नपाइने सर्त राखेकी छन् । उनीहरुको केमेस्ट्री दर्शकलाई रोचक लाग्न सक्छ । 
 
ऋषि लामिछानेको निर्देशनमा तयार भएको फिल्ममा केदार र वर्षासहित पुष्कर गुरुङ, शिशिर वाङ्देल, शारदा गिरी, पवित्रा साकी (मिस पबी) लगायतको अभिनय रहेको छ भने आर्यन सिग्देल विशेष भूमिकामा छन् । मुनाल घिमिरे प्रस्तुतकर्ता रहेको फिल्मका निर्माता मधुसुदन शर्मा हुन् । मुनाल दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष समेत हुन् ।

आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण भएको ‘माग्ने राजा’मा नरेन्द्र मैनालीको छायांकन, मित्र डि. गुरुङको सम्पादन, सामीप्य राज तिमल्सेनाको लेखन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, त्सूजील कर्माचार्यको ब्याकग्राउन्ड म्यूजिक तथा दीपक शर्मा र बाबुल गिरीको संगीत रहेको छ । पैसाको बलमा आफैंलाई राजा ठान्ने पात्रको कथामा फिल्म आधारित छ ।