Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फागुन १ मा आउँदै ‘जहाजैमा’, चार फिल्मबीच भिडन्त तय

फिल्मीखबर, काठमाडौं, 2025/07/07

jahajaima

 

यतिबेला धेरै निर्माताको नजर फागुन १ मा छ । त्यसको कारण हो, सार्वजनिक विदाको लस्कर । उक्त मितिमा फिल्म रिलिज गर्दा शनिबारबाहेक महाशिवरात्री, ग्याल्पो ल्होछार र प्रजातन्त्र दिवस गरी तीनवटा विदा मिल्नेछ । एउटा विदाका लागि त लडाइँ गर्ने निर्माताहरु एकै सातामा तीनवटा विदा पाउने भएपछि अहिले फागुन १ गतेलाई प्रदर्शन मिति घोषणा गर्न हानाथाप गरिरहेका छन्।

अहिलेसम्म उक्त मितिमा ‘डबल ट्रिपल’, ‘कल्ली’, ‘लालीबजार’ र ‘जहाजैमा’मा गरी चार फिल्म आउने तय भएको छ । ‘जहाजैमा’ले सोमबार मात्र फागुन १ गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो । कृषा चौलागाईंको निर्देशनमा बन्न लागेको यो फिल्मको वितरणको जिम्मा आरआर फिल्म्सलाई दिइएको छ । फिल्मको छायांकन आगामी भदौबाट सुरु हुँदैछ । 

अभिमन्यू निरवीको लेखन रहेको फिल्ममा केदार घिमिरे (माग्ने बुढा), सौगात मल्ल र जापानीज अभिनेत्री रुजेल इचिमिया मुख्य भूमिकामा अनुबन्धित भइसकेका छन् । फिल्ममा अभिनेता प्रदीप खड्का पनि भित्रिने प्रवल सम्भावना छ । उनीसँग निर्माण पक्षको मौखिक सहमति भइसकेको जानकारी प्राप्त छ । अहिले उनी फिल्म ‘ऐरी’को छायांकनमा व्यस्त छन् ।

पुरुषोत्तम प्रधानको डीओपी रहने फिल्मको छायांकन जापानमा सुरु हुनेछ । त्यसपछि नेपाल र फिलिपिन्समा खिचिनेछ । उज्ज्वल गुरागाँइको निर्माणमा तयार हुन लागेको फिल्मलाई यूएनए प्रोडक्सनको व्यानरमा बनाउन लागिएको हो । यो फिल्मले नेपाल-जापानको सम्बन्ध, प्रेम, सपना र संघर्षको कथा भन्नेछ ।