Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

साम्राज्ञी बाहिरिएपछि ‘जदौ’मा भित्रिइन् नीति

फिल्मीखबर, काठमाडौं, 2025/07/07

niti shah

 

अभिनेत्री नीति शाह डेब्यु वर्षदेखि एउटा हिट फिल्मको पर्खाइमा छिन् । ‘खजुरे ब्रो’, ‘ज्वाइँ साब’ र ‘नरसिंहा अवतार’ गरी उनका तीन फिल्म प्रदर्शनमा आइसकेको भए पनि कुनै सफल हुन सकेनन् । न त उनले प्रशंसा गर्न लायक अभिनय देखाउन सकिन् । तर, फिल्मको असफलताले उनको करिअरमा भने असर गरेको देखिँदैन । उनको पोल्टामा एकपछि अर्को फिल्म परिरहेका छन् ।

हालै ‘कोशेढुंगा’को छायांकन सकाएकी उनी शनिबार नयाँ फिल्म ‘जदौ’मा अनुबन्धित भएकी छन् । यसअघि फिल्ममा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई अनुबन्ध गरिएकोमा उनले व्यस्तताका कारण काम गर्न नभ्याउने भएपछि निर्माण पक्षले नीतिलाई लिएको हो । फिल्ममा उनको जोडी ‘बुलबुल’ फेम्ड अभिनेता मुकुन भुसालसँग बाँधिनेछ । यो उनीहरूको पहिलो सहकार्य हुनेछ ।

सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्टको निर्माण रहने फिल्मको सह-निर्मातामा रामराजा सुवेदी, ओम चेम्जोङ, शान्ता तामाङ र नारायण शास्त्री छन् । काजी लिम्बूको लेखन र बाबुल गिरीको संगीत रहेको फिल्मको छायांकन दाङ र प्युठान जिल्लामा गरिनेछ । अन्तरजातीय प्रेमकथामा आधारित भएर बन्न लागेको ‘जदौ’का निर्देशकको नाम भने खुलाइएको छैन ।