Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘जनै हराएको मान्छे’को पोस्टरमा के छ ?

फिल्मीखबर, काठमाडौं, 2025/07/06

janai harayako manchhe

 

हरितालिका तीजको छेको पारेर आगामी भदौ ६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंसहित देशका आठवटा सहरबाट एकसाथ दुईवटा पोस्टर अनावरण गरिएको हो । केही फरक तरिकाले दर्शकको ध्यान खिच्न यो उपाय अपनाइएको निर्माण पक्षले जनाएको छ ।

दुईमध्ये एउटा पोस्टरमा विजय बराल, केकी अधिकारी र मिरुना मगर प्रस्तुत छन् । केकी र मिरुनाले समाएको डोरीलाई बीचमा विजयले समातेका छन् । मिरुनालाई मगर जातिको बेहुली पहिरनमा देख्न सकिन्छ । यो पोस्टरले सम्बन्धको परिबन्धलाई दर्शाउँछ । पोस्टरमा प्रयोग गरिएको निलो र रातो रंग निकै अर्थपूर्ण छ । त्यसले पात्रहरुको मनोविज्ञान चित्रित गर्छ । 

अर्को पोस्टरमा भने केकी मात्र चित्रित छिन् । साडी लगाएकी उनी निराश भावमा कठपुतली जसरी दुवै हात डोरीले बाँधिएको अवस्थामा देखिएकी छन् । यसले फिल्ममा उनको पात्र कसैको नियन्त्रणमा वा दोधारमा रहेको बुझाउँछ । पोस्टरमा लेखिएको छ, ‘जति पीडा भए पनि कहिले ऐया नभन्ने मेरी दिदी ।’ यसबाट के प्रष्ट हुन्छ भने फिल्ममा उनी दिदीको भूमिकामा छिन् । 

हिमाल न्यौपानेले निर्देशनमा तयार भएको यो फिल्ममा विजय, केकी र मिरुनासहित गौरव पहाडी, सुशांक मैनाली, भोलाराज सापकोटा, आरुस भुसाल, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापा लगायतको अभिनय रहेको छ । फिल्मको असोसियट निर्देशकमा ‘प्रेमगीत ३’का अभिनेता मनिष राउत छन् ।

पेपरक्लिपको ब्यानरमा निर्माण भएको फिल्मका निर्माताहरु कमल न्यौपाने र विमल न्यौपाने हुन् । कार्यकारी निर्मातामा नारायण तिमल्सेना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन् । नवीन गुरुङको डीओपी र कृष्ण परियारको सिनेमेटोग्राफी रहेको फिल्ममा भानुभक्त ढकालको लेखन छ ।